मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मागेर पनि नपाए पछि चोर भएको हुँ’

‘मागेर पनि नपाए पछि चोर भएको हुँ’


म हालातले भोकले कमजोर भएको हुँ ।
मागेर पनि नपाए पछि चोर भएको हुँ ।।

कतिपय खसाईहरु परिचय बोकेर खस्छन ।
म सडकमा मिल्काईए पछि ईश्वर भएको हुँ ।।

फुल भएर सकिँदैन मृत्यु जस्ता आँसु रोक्न ।
म आमालाई पढेर यति कठोर भएको हुँ ।।

पहिला दुखाई कम गर्ने नरम कपडा थिँए ।
घाउ सफा भएपछी पो फोहोर भएको हुँ ।।

कृष्ण विरही, अछाम
हाल सुर्खेत ।