मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘खालि सिउदो दैलोमा बसेर इन्तजार गर्छ’

‘खालि सिउदो दैलोमा बसेर इन्तजार गर्छ’


लाग्छ जिन्दगीभर साम्राज्य अन्धकार गर्छ
किन उज्यालो यो मनमा टेक्न इन्कार गर्छ

समयले खोसेको सिन्दुर फर्केर त आउदैन
खालि सिउदो दैलोमा बसेर इन्तजार गर्छ

जो खान नपाई कयौं दिनदेखी बोल्न सक्दैन
उ बिचरो कसरी गरिबी अन्त्यको प्रचार गर्छ ?

म हास्दापनि हासि दिने म रुदापनि रोईदिने
कोहि त छ जो ऎनाको जस्तै ब्यवहार गर्छ

पूनम धमाला