मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान हुने

कमलबजार विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान हुने


वेदप्रकाश तिमिल्सैना

बहुत बर्ष पछि गाउँ फिरेको मैले अचम्म लाग्ने कुरा देखिरहेको छु । हिजो कुइका पुगेको म आफन्त संग गफमा ब्यस्त भएपछि बिहान मस्त निन्द्रामा थिए ठुलो आवाजले झसङ्ग बिउझन बाध्य हुनुपर्यो । एक घण्टाको अवधिमा पन्ध्र पन्ध्र मिनेटमा ठुला ठुला अवाजले गर्दा सुत्न सकिएन ।

अनि मैले नित्यकर्म पछि आफ्न आफन्तलाई सोधे ठुला बिमानको जस्तो अवाज आयो अचम्म लाग्यो । मैले यति सोधे पछि उहाँहरुले मलाई मेरो जिज्ञासाको जवाफ दिनुभयो । तपाईं धेरै पछि आउनुभएको छ, यहाँको पछिल्लो अवस्थाका बारेमा त्यति जानकार हुनुहुन्न । यता विकासले धेरै फडको मारिसकेको छ ।

अझ कमलबजार विमान स्थाल अन्तर्रा्ष्ट्रिय स्थरको भएपछि पुर्वी अछाममा गजब भएको छ । उहाँले फेरि थप्नुभयो कमलबजारमा दिनमा सोह्र अन्तर्रा्ष्ट्रिय उडान र अवतरण हुन्छ । हरेक सिजनमा पर्यटको लर्को देखिन्छ ।

चाइरा देखि कुइकाको गाणमा माछा मार्ने देखि कर्णालीमा रयाफ्टिङ्ग गर्ने मध्यमा अधिकांस बिदेशी भेटिन्छन । भारतिय र आन्तरिक पर्यटकको उपस्थिति पनि बाक्ले रहेको ती आफ्न्त बाट जानकारी पाए ।

पछि गाउँमा अरुसंग पनि बुझे कमलबजारमा विकास खुब भएको थाहा पाए । खासगरी आन्तरिक उडान पहिले देखि हुने विमानस्थल अन्तर्रा्ष्ट्रिय भएपछि कलमबजार गुलजार देखिन्छ । अनि पुर्वी अछामको आकाशमा बोइङ र एअर बस कम्पनीको जहाज कम्ता रमाइलो देखिदैन । किनकी पुर्वी अछामको आकाशमा ठुला जहाज देखिनु आफैमा रमाइलो पनि अचम्म लाग्दो कुरा पनि हो ।

रातिको समय जहाज अवतरण भएको दृश्य पनि गजबको देखिन्छ । भारत, चीन, अमेरिका, जापन र खाडी देश हरुबाट कमलबजारमा जहाज नियमित आउने गरेको थाहा पाए पछि मेरो खुसिको सिमा रहेन ।

यस्तो कसरी सम्भाव भयो भन्ने पनि बुझ्न मन लाग्यो । मैले गाउघरका दाजुभाइ लाई सोधेँ पनि । यो सबै कमाल अछाम दुई नम्वरका प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय ज्युको मिहेनत भएको थाहा पाँए । आदरणीय माननीय ज्युहरुको ठुलो प्रयास बाट माथी माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम सम्पन्न भएर पनि आफ्नो क्षमता अनुसारको बिद्युत उत्पादन गरेको दृश्य सपना जस्तै लाग्ने ।

पुर्वी अछाममा खुलेको एक सय सैयाको अस्पताल बिकासको अर्को कोशेढुङ्गा भएको महसुस भयो । म बर्षौ अघि जिल्लामा पत्रकारितामा सक्रिय थिए । सक्रिय पत्रकारिता बाट टाढीएको धेरै बर्ष भैसकेको छ । मैले त्यस बखत अछामको पुर्वी क्षेत्रमा यस्तो विकासको कल्पना गरेको थिएन ।

साना ठुला सबै सडक कालोपत्रे गरिएको अवस्थामा छन । सामुदायिक बिध्यालयमा पढाइको स्थर पनि उच्च लेबलको पाइयो । यहाँका सामुदायिक बिध्यालय डाक्टर इन्जिनियर, पाइलट, कृषि विशेषज्ञ उत्पादन गर्ने कारखाना हुन भन्ने पनि सुनियो ।

हालै मात्र हाम्रा माननीय ज्युहरुको साझा प्रयासमा केबुलकारको सम्भाव्यता अध्यन भएको बुझ्न पाइयो । साथै केबुलकार निर्माणको थालनी भएको खबरले खुसी अनि चाडै केबुलकार चडेर रामारोशन जान पाउने कुरा उत्साहित पनि भए ।

बिकासका सबै क्षेत्रमा फड्को मारेको पुर्वी भागमा शहरीकरणमा पनि तिब्रता आएको छ । समग्रमा भन्दा अछाम जिल्लाको पुर्वी क्षेत्रले विकासका चमत्कार गरेको देख्ने अवसर पाइयो । जिम्मेवारीमा रहेको नेतृत्वले इमानदार प्रयास गरे पछि विकास गर्न सम्भाव रहेको अछामको पुर्वी क्षेत्रले प्रमाणित गरेको छ ।
……………………………………………………………………………………………………………………………………………………………………………………………………………………………… अप्रिल – १ , अप्रिल फुल ।

माथि उल्लेखित लेख अप्रिल फुलको अवसरमा लेखिएकोले नझुक्किनुहोला । यो कुरा अप्रिल फुलमा मात्र सिमित नरहि हुनुपर्ने विकासमा पूर्वी अछामले फट्को मारेको देख्न पाईयोस । त्यसमा तपाई हामी सबैको साथ हुनेछ । माथिका शव्द केवल अप्रिल फुल मा आधारित रहेर लेखमा सिमित छन् ।