मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाब्ली एकता समाज मुम्बईद्वारा अप्ठेरोमा परेका नेपालीलाई राहत वितरण

बाब्ली एकता समाज मुम्बईद्वारा अप्ठेरोमा परेका नेपालीलाई राहत वितरण


भारत – विभिन्न दातृ निकाय र प्रवासी संघ संगठनको सहयोगमा बाब्ली एकता समाज मुम्बईले लकडाउनका कारण अप्ठेरोमा परेका नेपालीहरुलाई खाध्यान्न सहयोग गरेको छ ।

समाजले ५० भन्दा बढी परिवारलाई प्रति परिवार १० किलो चामल, १ किलो (नुन, तेल, दाल) राहत स्वरुप वितरण गरेको हो । संकटको बेला समाज सेवा भावले सक्दो सहयोग अनुसार राहत वितरण गरेका बाब्ली एकता समाजका संस्थापक ज्योती बाब्लीेले बताए ।

मुम्बैमा लामो समय देखि समाज सेवा गर्दै आएको बाब्ली एकता समाजले अहिले कोरोनाको कारण अप्ठेरोमा परेका नागरिकलाई सहयोग गर्दै आईरहेको समाजका संस्थापक प्रेम बाब्लीले बताए । प्रवासको असहज परिस्थितिका वावजुद आफुहरुले सानो राहत वितरणले उनले बताए ।

राहतको वितरणका लागि प्रवासी नेपाली संघका महासचिव डम्मर रावल, जीवन विश्वकर्मा, दिनेश बाब्ली, दिपक दास लगायतका ब्यक्तिहरुले पनि आर्थिक सहयोग गर्नु भएको बताईएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण देश विदेशमा रहेका नेपालीहरु प्रभावित भएका छन् । महामारी त्रासले गर्दा भारतको मुम्बईमा बस्दै आएका धेरै जसो नेपालीहरु पिडामा रहेका छन् । जिविकोपार्जनका लागि सुदूरपश्चिमका अधिकांश जिल्लाबाट र बिशेषगरी अछाम जिल्लाबाट पनि धेरै जसो नागरिक भारत पलायन हनुपर्ने बाध्यता कायम छ ।

आम्दानी र नोकरीको लागि भारत जाने नागरिक अहिले लकडाउनका कारणले बढी मारमा परेका छन् । आयश्रोतका साथै आम्दानी नहुदाँ उनिहरु मारमा परेका हुन् । करिबम ३ सय भन्दा बढी नेपाली परिवार मुम्बइको मान्खुर्द स्थित झोपडपट्टिमा बस्दै आएका बताईएको छ ।