मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरसको परिक्षणका लागि क्षेत्र नं. १ का ५१ जनाको स्वाब संकलन

कोरोना भाईरसको परिक्षणका लागि क्षेत्र नं. १ का ५१ जनाको स्वाब संकलन


अछाम । कोरोना भाईरस कोभिड १९ को नमुना परिक्षणको लागि क्षेत्र नं. १ अन्र्तगतका विभिन्न स्थानिय तहका गरी ५१ जनाको स्वाब संकलन गरिएको छ ।

हेलिकप्टर मार्फत आएको स्वास्थ्यकर्मीको टोली कोरोना परिक्षणको लागि स्वाब संकलन गरेको हो ।

जिल्लाका ३ ठाँउबाट गरिने पूर्व निर्धारित कार्यक्रम अनुसार क्षेत्र नं. १ अन्र्तगतका ५१ जनाको बयलापटा अस्पतालमा स्वाब संकलन गरिएको हो भने अब मंगलसेन र कमलबजारमा टोलीले स्वाब संकलन गर्नेछ ।

आईश्वलेसनमा रहेका तथा जिल्ला बाहिरबाट आएर क्वारेण्टाईनमा बसेका नागरिकको स्वाब संकलनका लागि टोली अछाम आईपुगेको हो ।

कोरोना भाईरसको लक्षणसंग मिल्दो जुल्दो भएका व्यक्तीहरुको स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौँ लगिने न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो ।