मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक हजारभन्दा बढी एम्बुलेन्स तयार राख्न सरकारको आग्रह

एक हजारभन्दा बढी एम्बुलेन्स तयार राख्न सरकारको आग्रह


सरकारले एक हजारभन्दा बढी एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित संगठन र स्थानीय प्रशासनलाई आग्रह गरेको छ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर रहेका १ हजार ९ सय ३९ वटा एम्बुलेन्सलाई कोरोनाका बिरामी वा शंकास्पद व्यक्ति ओसारपसार निम्ति तयार रहन आग्रह गरेको हो।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले यसका लागि एम्बुलेन्सहरूको संगठनसँग कुरा गरेर व्यवस्थापन गरिएको जानकारी दिए।

विभिन्न ठाउँमा एम्बुलेन्स चालकहरूले पिपिई नहुँदा बिरामी बोक्न मानेका छैनन्। केही दिनअघि मात्र बाग्लुङमा एक जना कोरोना संक्रमित महिलालाई एम्बुलेन्स चालकले बोक्न नमानेपछि स्वास्थ्य कार्यालयका प्रमुख आफैंले बिरामीलाई अस्पताल पुर्याएका थिए। – setopati