मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालका लागि पाचौँ दिनमा ८७ हजार सहयोगको घोषणा

बयालपाटा अस्पतालका लागि पाचौँ दिनमा ८७ हजार सहयोगको घोषणा

५ दिनमै करिब ८ लाख सहयोग गर्ने घोषणा


धिरज कुवँर, २९ चैत्र, अछाम |

अछाम स्थित बयालपाटा अस्पतालका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो ।

जस अन्र्तगत कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोगको अभियान गरिएको थियो ।

जस अन्र्तगत आज पाचौँ दिन ८७ हजार सहयोग गर्ने विभिन्न समाजसेवी व्यक्ती तथा क्षेत्रबाट घोषणा भएको छ ।

राजेन्द्र बोगटी नेपालगंज हाल स्वीडेनबाट २५ हजार, साँफेबगर नगरपालिका वडा नंं. ११ घरभई मलेसिया रहेका सुदुरपश्चिमेली नेपाली समाज दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडीबाट २० हजार एक, प्रभा धम्कोट मावि प्रभाका प्रधानाध्यापक जोगराज कुँवरबाट १५ हजार, डिभिजन सडक कार्यलय साँफेवगरका ईञ्जिनियर दमन विष्टबाट १० हजार, साँफेबगर नगरपालिका ३ का मान बहादुर कँवर हाल अहमदावादबाट ८ हजार, चन्द्रकला रावल खड्का रेडक्रसमा कार्यरत सानपा ४ हाल काठमाण्डौंबाट ५ हजार र साँफेबगर नगरपालिका ४ का नगेन्द्र कुँवरले ४ हजार गरी आज ८७ हजार सहयोग गर्ने घोषणा भएको छ ।

यसरी ५ दिन गरेर ७ लाख ८७ हजार एक सय ७८ आर्थिक सहयोग गर्ने घोषणा भएको छ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
 ( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।