मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमबाप्पेलाई गोल्डेन बुट विजेता घोषणा

एमबाप्पेलाई गोल्डेन बुट विजेता घोषणा


एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण फ्रान्सेली लिग वान स्थगित भएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई गोल्डन बुट विजेता घोषणा गरिएको छ ।

२०१९–२० को सिजन समाप्त गर्ने घोषणापछि लिग वानका शीर्ष कोलकर्ता एमबाप्पेलाई गोल्डन बुट विजेता घोषणा गर्ने निर्णय गरेको जनाएको छ । गत सता फ्रान्सेली अधिकारीहरूले कोरोना भाइरस महामारीका कारण सेप्टेम्बरसम्म कुनै खेलकुद प्रतियोगिताहरू नहुने निर्णय गरेपछि लिगका पदाधिकारीहरूले सिजनको अन्त्य गर्ने निर्णय गरेका थिए ।

सिजनको समाप्ति घोषणा गर्दै लिगका पदाधिकारीहरूले पीएसजीलाई प्रति खेलको आधारमा च्याम्पियन घोषणा गरेको थियो । पीएसजी लिग स्थगित हुनु पूर्व दोस्रो स्थानको मार्सेलेभन्दा १२ अंकले अगाडि थियो । 

एमबाप्पे र मोनाको स्ट्राइकर विसम बेन येडरले समान १८–१८ गोल गरेका थिए । तर, लिग वानले बिहीबार आफ्नो आधिकारिक वेबसाइटमार्फत एमबाप्पेले आफ्ना सबै गोलहरू खुला खेलबाट गरेकाले शीर्ष गोलकर्ताका रूपमा मान्यता दिइएको पुष्टि गरेको छ । जहाँ  बेन येडरको तीन गोल पेनाल्टीबाट गरेका थिए ।

एमबाप्पेको गोल, प्रति खेल अनुपाल पनि उत्कृष्ट थियो । एमबप्पेले २० खेलमा १८ गोल गरेका थिए भने बेन येडरले २५ खेलमा १८ गोल गरेका थिए । लिओन स्ट्राइकर मौसा डेम्बेले १६ गोलसहित तेस्रो स्थान थिए । गत वर्ष पनि एमबप्पेले गोल्डन बुट जितेका थिए । उनले गत वर्ष २९ खेलमा ३३ गोल गरेका थिए ।