मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानी क्रिकेट टोलीको कप्तानीमा बाबर आजम

पाकिस्तानी क्रिकेट टोलीको कप्तानीमा बाबर आजम


एजेन्सी । पाकिस्तानी क्रिकेट बोर्डले आफ्ना स्टार ब्याट्सम्यान बाबर आजमलाई राष्ट्रिय टोलीको कप्तानी सुम्पेको छ । बोर्डले सरफराज अहमदको स्थानमा पाकिस्तानी एकदिवसीय टोलीको कप्तानी सुम्पेको हो । 

गत वर्ष आजमलाई टी-ट्वान्टी टिमको कप्तानी सुम्पेको थियो । त्यस्तै अजहर अलीलाई टेस्ट क्रिकेटको कप्तानी दिइएको छ । बोर्डले यस वर्षको नयाँ खेलाडी अनुबन्ध सुचिमा ह्याट्रिक म्यान नसीम शाहलाई राखेको छ । तर, मुख्य खेलाडी मोहम्मद आमिर, वहाब रियाज र हसन अलीलाई सुचिबाट हटाएको छ । 

छनोटकर्ताले मोहम्मद आमिर, हसन र रियाजलाई टोलीबाट हटाउने फैसला गरेको टोलिका मुख्य प्रशिक्षक मिस्बाह उल हकले बताए । 

“हसन चोटका कारण नयाँ सम्झौतामा नअटाएका हुन् । त्यस्तै आमिर र रियाजले सेतो बतलमा ध्यान दिने फैसला लिएका छन् । यसैले यो सहि निर्णय थियो,” प्रशिक्षक उल हकले भने, “यो लिस्ट खेलाडीले १२ महिनामा गरेको प्रदर्शनका आधारमा, आउने समयको समस्यालाई मध्यनजर राख्दै तयार पारिएको हो ।”

पाकिस्तानको २०२०–२१ को खेल तालिका यस प्रकार छ । – बारह्खरी