मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतियोगिताका लागि जोखिम उठाउन तयार छु : मेसी

प्रतियोगिताका लागि जोखिम उठाउन तयार छु : मेसी

सुदूर आज

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले आफू मैदानमा फर्किन तयार रहेको बताएका छन् । उनले कोरोना भाइरस महामारीका बीच पनि प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् ।

“यदि स्पेनिस शीर्ष लिग अर्को महिनादेखि सुरु हुन्छ भने म अन्य खेलाडीसँगै खेल्नका लागि मैदानमा उत्रिन तयार छु,” मेसीले भने, “संक्रमणको खतरा हरेक ठाउँमा हुन्छ । यदि तपाईं घरबाट बाहिर निस्कनु हुन्छ भने त्यसमा पनि जोखिम हुनसक्छ । त्यसैले मलाई लाग्छ कि यस विषयमा धेरै सोच्‍नु गलत हो । यतिबेला म मैदानमा उत्रिन सहज महसुस गर्छु ।”

मेस्सीले कोरोना संक्रमणको विषयलाई धेरै सोच्दा कहीँ जान र केही गर्न नसकिने बताएका छन् । तर, सबैले संक्रमणबाट बच्‍न सरकारको निर्देश पालना गर्नुपर्ने उनको धारणा छ ।

“हामीले सरकारको निर्देशनको पालना गर्नुपर्छ । तर, यस विषयमा धेरै सोच्‍नु हुँदैन । किनकि यस विषयमा धेरै सोच्दा कुनै कार्य गर्नसक्ने अवस्था आउँदैन । र, तपाईं कतै जान सक्नु हुन्न,” मेसीले भने, “प्रशिक्षणमा फर्किनु हाम्रो पहिलो कदम हो । तर, हामीले यसैमा मात्र सन्तुष्ट हुनु हुँदैन । हामी सबैले अर्को ठूलो कदम उठाउनु पर्छ ।”

ला लिगाका अध्यक्ष जाभियर टेबासले लिग जुन १२ देखि सुरु हुन सक्ने सम्भावित मिति बताएका छन् । बार्सिलोना ५८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने दुई अंक कम भएको रियल मड्रिड दोस्रो स्थानमा छ । – baarahkhari