मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिमियर लिगका ८ खेलाडीमा कोरोना संक्रमण

प्रिमियर लिगका ८ खेलाडीमा कोरोना संक्रमण


एजेन्सी- इङ्लिस प्रिमिलिर लिगका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रिमियर लिगको पछिल्लो कोरोना परीक्षणमा संक्रमित हुनेमा दुईवटा क्लबका दुई जना खेलाडी थपिएका छन्।

प्रिमियर लिगका २० क्लबका ९९६ खेलाडीको मंगलबार, बिहीबार र शुक्रबार कोरोना परीक्षण गरिएको थियो।

पहिलो राउण्डमा परीक्षण गरिएका ७४८ जनामध्ये ६ खेलाडी तथा स्टाफमा कोरोना पुष्टि भएको थियो।

जसमा बर्नलीका प्रशिक्षक आयन वोन र वाटफोर्डका एड्रिन मरिअप्पामा पनि कोरोना पोजेटिभ देखिएको थियो।

कोरोना पुष्टि भएका क्लबका खेलाडी एक हप्ता सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएको छ।

त्यस्तै दोस्रो राउन्डमा प्रत्येक क्लबमा ४० बाट बढाएर ५० टेस्ट उपलब्ध गराइएको थियो। सो परीक्षणबाट दुई जनामा कोरोना पुष्टि भएको हो।

प्रिमियर क्लबले मंगलबारबाट सामाजिक दूरी कायम गरेर खेलाडीलाई प्रशिक्षण गर्ने अनुमति दिएको छ। मार्च १३ बाट खेल स्थगित भएयता लिगमा कुनै खेल हुन सकेका छैनन्। लिगमा अझै ९२ खेल बाँकी छन्।

शुक्रबार प्रिमियर लिगका कार्यकारी अध्यक्ष रिकार्ड मास्टरले अब कुनै हालतमा पनि प्रतियोगिता स्थगित नहुने बताएका छन्।