मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोनाको मुख्य प्रशिक्षक बन्‍ने योजनामा साबी

बार्सिलोनाको मुख्य प्रशिक्षक बन्‍ने योजनामा साबी

सुदूर आज

एजेन्सी । बार्सिलोनाका पूर्वखेलाडी साबी हाल क्लबको मुख्य प्रशिक्षकको भूमिकामा आउने योजनामा छन् । बार्सिलोनाका पूर्वकप्तानसमेत रहेका उनी हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा जाने अवस्थामा छन् ।

हाल बार्सिलोनामा सेटियन प्रशिक्षक छन् । पछिल्लो समय बार्सिलोनाले ला लिगामा राम्रो प्रदर्शन गर्न सकेको छैन । यो सिजन लिग उपाधि उचाल्ने योजनामा रहेको बार्सिलोना रियल मड्रिडभन्दा दुई अंकले पछि छ ।

लिगमा सात खेल बाँकी रहँदा बार्सिलोनाले लिग उपाधि जित्न संघर्ष गरिरहेको छ । बार्सिलोनाको अहिलेको प्रदर्शनलाई लिएर पूर्वकप्तान साबीले क्लबमा प्रशिक्षकाका रूपमा कमब्याक गर्ने योजना बनाएका छन् ।

“मेरो जीवनको अबको मुख्य योजना भनेको बार्सिलोनाको प्रशिक्षक बन्नु हो । बार्सिलोनालाई सही दिशामा ल्याउन म सक्षम छु भन्ने लाग्छ । अबको योजना बार्सिलोनाको प्रशिक्षक बन्ने हो,” साबीले भने ।