मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोनाको फराकिलो जित

बार्सिलोनाको फराकिलो जित


एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ४-१ गोलको फराकिलो जित निकालेको हो ।

पाहुना टोलि बार्सिलोनाको जितका लागि लुइस सुआरेज, एन्टोनी ग्रीजमन र अन्सु फातीले एक एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहार पाएको थियो । भिल्लारियलका लागि जेरार्ड मोरेनोले एक गोल फर्काएका थिए ।

खेलको तेस्रो मिनेटमा नै आत्मघाती गोलबाट बार्सिलोना अगाडि बढेको थियो । भिल्लारियलका पाउ टोरेजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले १-० को अग्रता बनाएको थियो । त्यस्तै १४ औं मिनेटमा मोरेनोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

२० औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले लियोनल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई पुनः २-१ गोलको अग्रता दिलाएका हुन् । पहिलो हाफको अन्तिम मिनेटमा ग्रीजमनले गोल गरे । उनले पनि मेस्सीको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३-१ गोलले अगाडि बढाए ।

बार्सिलोनाका लागि यस खेलमा दुई असिष्ट गरेका मेस्सीको यस सिजनमा कुल १९ असिष्ट पुगेको छ । उनले यसअघि सन् २०१४/१५ को सिजनमा आफूले नै बनाएको १८ असिष्टको रेकर्ड तोडेका हुन् । यो सस्पेनिस ला लिगामा एकै सिजनमा कुनै पनि खेलाडीले गरेको अहिलेसम्मकै धेरै गोल असिष्ट हो । त्यसपछि दोस्रो हाफमा थप एक गोल अन्सु फातिले गरे । उनले ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४-१ को फराकिलो जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक दूरी चारमा घटाएको छ । ३४ खेलपछि बार्सिलोनाको ७३ अंक भएको छ भने शिर्ष स्थानमा रहेको रियलको समान खेलमा ७७ अंक रहेको छ । पराजित भिल्लरियल ५४ औं सहित पाँचौ स्थानमा छ ।