मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाइन कराते कातामा नेपाल तेस्रो

अनलाइन कराते कातामा नेपाल तेस्रो


काठमाडौं । आईएसकेयू इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेस्रो स्थानमा छ । नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तेस्रो स्थानमा खुम्चिएको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए ।

११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ इरान दोस्रो भयो । इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयू) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जोड्न सफल भयो ।

अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन् । यस्तै सिनियर क्याटेगोरीमा पुरुषतर्फ नेपालका लागि सोनिम मानन्धरले र महिलातर्फ नीता आचार्यले रजत जोडे । यसैगरी सिनियर पुरुषतर्फ बब्लु रैनले कास्य जिते । – बार्हखरी