मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सागका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशले बैंकमा पुरस्कार पठायो

सागका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशले बैंकमा पुरस्कार पठायो


काठमाडौं । घरेलु भूमिमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पुरस्कार रकम सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीकै बैंक खातामा पठाएको छ । 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण कार्यक्रम आयोजना गर्न सम्भव नभएपछि खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाएको हो । प्रदेश सरकारले मंगलबार ३८ जना खेलाडीको बैंक खातामा रकम पठाएको खेलाडीको कागजात संकलन गरिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ सुदूरपश्चिमका अध्यक्ष प्रकास कुमार चन्दले बताए । 

चालु आर्थिक वर्ष सकिनै लागेको र छिट्टै महामारी न्यूनीकरण हुने संकेत नदेखिएकाले प्रदेश सरकारले खेलाडीको बैंक खातामै रकम पठाउने निर्णय गरेको थियो । प्रदेश सकारले रकम पठाउन बाँकी रहेका खेलाडीहरुलाई चाँडै सम्पर्क गर्न आह्वान गरेको छ । यसका लागि चन्दले बाँकी रहेका पदक विजेता खेलाडीको कागजात संकलन गरिरहेको जानकारी दिए । 

दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलले जनही २ लाख, एक स्वर्ण जित्ने खेलाडीलाई १ लाख ५० हजार, रजत विजेता खेलाडीलाई १ लाख र कास्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद प्रप्त गरेका छन् । चन्दले निशा रावल र गौरिका सिंहको नागरिकता सुदूरपश्चिमबाट नभएकाले दिने नदिने भन्ने विषयमा अन्योल भएको बाह्रखरीलाई बताए । 

गत पुस १ गते बसेको मन्त्री परिषद्को बैठकले सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को बैठकले सागमा१३ औं सागमा नेपालले हालसम्मकै सर्वाधिक ५१ स्वर्ण जित्दा सुदूरपश्चिमका खेलाडीले मात्र १२ स्वर्ण जितेका थिए । त्यस्तै २९ रजत र २५ कास्य पदक जितेको थिए । – बारहखरी