मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपोली छैटाैं स्थानमा उक्लियो

नेपोली छैटाैं स्थानमा उक्लियो


एजेन्सी । नेपोली इटालियन सिरी ए फुटबल अन्तर्गत तालिकाको छैटाैं स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा गेनोनालाई २-१ गोलले पराजित गर्दै नेपोली शीर्ष छमा उक्लिएको हो ।

पाहुना टोलि नेपोलिको जितका लागि ड्रेस मार्टेन्स र हार्भिङ लोजानोले एक एक गोल गरे । गेनोनाका लागि एडओर्ड गोल्डेनिगाले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा मार्टेन्सले गोल गर्दै अग्रता दिलाए । उनले लोरेन्जोको पासमा गोल गर्दै नेपोलीलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको चौथो मिनेट नबित्दै एडओर्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।

६६ औं मिनेटमा लोजानोले गोल गर्दै नेपोलीलाई २-१ गोलको अग्रता दिलए । उनले फाबिअन रुइज पेनेको पासमा गोल गर्दै नेपोलीलाई २-१ गोलको जित दिलाए ।

जितसँगै नेपोली ३१ खेलबाट ५१ अंक जोड्दै छैटाैं स्थानको उक्लिएको छ । पराजित गेनोना समान खेलबाट २७ अंक जोड्दै तलिकाको १८ औं स्थानमा छ ।