मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा ८२ जना कोरोना संक्रमित थपिए, १४७ डिस्चार्ज

नेपालमा ८२ जना कोरोना संक्रमित थपिए, १४७ डिस्चार्ज

पाँच जिल्ला कोरोना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा तीन हजार ९१६ जनाको पीसीआर परीक्षण


काठमाडौं । नोभेल कोरोना भाइरसका ८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८  हजार १७४  रहेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् । 

हालसम्म देशभरबाट ८ हजार ५८९  जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४७ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ५१ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत तीन हजार ९१६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८३ हजार ५१५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ। 

हालसम्म देशभरका २३ हजार ७८४ क्वरेन्टिनमा हजार  जना रहेका छन्  भने ८ हजार १७४ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । विश्वभर एक करोड २८ लाख ७५४ संक्रमित भएका छन् । – बाह्रखरी