मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हवाई उडान खोल्ने तयारी : पहिले चरणमा आन्तरिक

हवाई उडान खोल्ने तयारी : पहिले चरणमा आन्तरिक


काठमाडौँ – चैत ११ गते (लकडाउन) देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् ।

त्यसपछि अगस्तको दोस्रो साता अन्तर्राष्ट्रिय नियमित उडान गर्ने तयारी भइरहेको उनले बताए। मन्त्री भट्टराईले भने, ‘हामीले अरु देशले कसरी उडान खोलिरहेका छन् भनेर पनि अध्ययन गरिरहेका छौँ ।

नागरिक उड्डयन प्राधिकरणलाई त्यसको निगरानी गर्न भनेको छु । चाँडै नै आन्तरिक उडान खोल्ने गरी पूर्वतयारी गरेका छौँ । अन्तर्राष्ट्रिय उडान भने त्यसपछि मात्र खोल्छौँ ।’

साउन ६ गतेसम्मको प्रतिबन्ध पछि खुला गर्न लागिएको हो भन्ने प्रश्नमा भट्टराईले ‘यति चाँडो त होइन तर खुल्न चाहीँ चाँडै खोल्ने तयारी रहेको’ बताए । साउन ६ गतेसम्मका लागि लगाइएको उडान प्रतिबन्ध केही समय थप भएर उडान खोल्ने देखिएको छ ।

यद्यपि, उडान खोल्ने वा प्रतिबन्ध लगाउने भन्ने विषयको टुङ्गो मन्त्रिपरिषदले लगाउनेछ । सम्भवतः विहीबार सार्वजनिक हुने मन्त्रिपरिषद्को निर्णयमा यस विषयको पनि सम्बोधन हुनेछ ।