मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाधि गुमाएपछि मेसीले भने- सबै कुरा एकनासले नचल्ने रैछ

उपाधि गुमाएपछि मेसीले भने- सबै कुरा एकनासले नचल्ने रैछ


एजेन्सी- २७ औं पटक ला लिगा जित्ने अबसर बार्सिलोनाले गुमाएपछि गएरातिको खेलबाट रियल मड्रिडले ३४ औं पटक ला लिगाको उपाधि जित्यो।

यता घरेलु मैदानमा ओसासुनासँग प्रतिस्पर्धा गरिरहेको बार्सिलोनाले अपत्यारिलो हार बेहोर्नु पर्यो। क्याम्प नाउ मैदामा भएको खेलमा बार्सिलोना पाहुना टोली ओसासुना विरुद्ध २–१ को झिनो गोल अन्तरले पराजित बनेपछि उसको उपाधि यात्रा पनि टुंगियो।

यसअघि ३० पटकसम्म घरेलु मैदानमा नहारेको बार्सिलोनाले बिहीबार रातिको खेलमा भने हार बेहोरको थियो। सो हारपछि कप्तान लियोनेल मेस्सीले कुनै पनि कुरा एकैनासले नहुने बताएका छन्।

‘हामी यसरी उपाधि होडबाट बाहिरिन चाहदैन थियौँ। तर यो सिजनको उपाधि यात्रा यसरी नै सकियो। यहाँ कुनै कुरा एकनासले हुँदैन। परिवर्तन जरुरी पनि छ,’ ला लिगामा शीर्ष गोलकर्ता समेत रहेका मेस्सीले भने।

‘हामी खेलमा लगातार जम्न सकेनौँ र पहिले पनि धेरै अंक गुमाइसकेका थियौँ। हामीले खेलाडीबाटै आत्मलोचनाको काम सुरु गर्नुपर्छ, क्लबले पनि गर्नुपर्छ,’ उनले भने, ‘हामी बार्सिलोना हौँ। हामीले सबै खेल जित्ने दायित्व बहन गर्न सक्नुपर्छ।’

अब बार्सिलोनाको मुख्य ध्यान च्याम्पियन्स लिग जित्नेतर्फ रहने छ। जहाँ उसले घरेलु मैदामा पहिलो लेगको खेलमा १–१ गोलको बराबरी खेलेको थियो। – नेपाल समय