मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा हुने टी ट्वान्टी विश्वकपको २०२१ को मिति नसर्ने

भारतमा हुने टी ट्वान्टी विश्वकपको २०२१ को मिति नसर्ने


काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतमा २०२१ मा हुने भनिएको विश्वकप तोकिएकै मितिमा हुने जनाएको छ । 

कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सर्ने आँकलन गरिएका बेला आईसीसीले तोकिएकै मितिमा गर्ने घोषणा गरेको हो । 

आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बीबीसीले जनाएको छ । 

तर, अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी ट्वान्टी विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरेको आईसीसीले जनाएको छ । 

त्यस्तै न्युजिल्यान्डमा आउँदो वर्ष आयोजना गर्ने भनिएको महिलाको एकदिवसीय विश्वकप क्रिकेट भने एक वर्ष सारिएको छ । अब महिलाको विश्वकप २०२२ मा हुनेछ । 

यसअघि महिला विश्वकप सन् २०२१ को फेब्रुअरी ६ देखि मार्च ७ सम्म आयोजना हुने भनिएको थियो ।