मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खपी नसक्ने पिडा

खपी नसक्ने पिडा


  • ममता खड्‍का

हुनत¸ सारा हामी सदियौं देखि पिडा भोगिरहेका छौं। पिडा माथी पिडामा पर्नु नेपालीको नियती हो। कसैलाई विकासका पिडा¸ कसैलाई भूगोलका पिडा र कसैलाई मुटु बल्झाउने बज्रपात त कसैलाई बिषखेप नरसंहारका पिडा । एक वर्ष अगाडिको कुरा हो¸ मैले त्यो चितवनको चेपाङ्ग बस्तिकी राजुमाया दीदिलाई त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा¸ पहाडको स्वास्थ्य चौकी धन्‍न विकटमा भएपनि त्यहाँका स्थानीयहरुको जीवन आधार रहेछ। केहि खुल्ला चौर, वरिपरि रोपिएका बोटबिरुवा, अनि भर्खरै निर्माण भएको आठकोठे त्यस स्वास्थ्य चौकीमा म प्रिमियर कलेजबाट आयोजित (BSW) को पाँच दिने क्याम्पमा जाँदा भेटेकी थिए। “दिदी सन्चै हुनुहुन्छ?” ऊनी झन्डै भक्‍कानिएकी थिइन् यो सोधाईमा उनको ब्यथा थाहा पाउने एकान्त सोधाईमा एक्लै थिए सायद त्यहाँ भित्र गुम्सिएका उनका पिडा निस्कन खोज्दै थिए सहानुभूति खोज्न तँछाडमछाड गर्दै भन्छन् धेरै पिडामा मानिस बोल्न खोज्दा आँसुको ढिक्‍का र मुखको आवाजले शब्द नै लुकाईदिन्छ। हामीले देखेको र भोगेको यथार्थ हो यो¸ त्यसैले होला सायद उहाँबाट शब्द होइन, मात्र कापेको शब्द बिहिन आवाजमा हिक्‍का छुट्दै थियो।

दिदी सम्हाल्नु आफुलाई त्यसरी कम्जोर हुनु भयो भने जिउन गाह्रो हुन्छ। “कति नै जीउने होला र बहिनी! जीउनको लागि समय भए पो गाह्रो हुनु” बरु एउटा पिर छ¸ यी सन्तानको तपाईं त सहर तिर पढ्ने मान्छे¸ समाज सेवातिर संलग्न हुनु होला पछि है? बरु सक्नु हुन्छ भने म मरे पनि यीनिहरुलाइ शहर तिर बाल गृह हुन्छन् रे! अलपत्र परे भने पछि त्यहाँ राखी दिनुहोला। तर साने मोरोको मेरो जस्तै रोग छ¸ म भन्दा त केही बाँच्न सक्छ त्यस्ले¸ एकै पल्ट जान पाए पनि त हुन्थ्यो। त्यो त औषधिले केही बाँच्न सक्छ रे तर कस्ले पो औषधी केनेर खुवाउला र त्यसलाई न यस्ले काम गर्न सक्ने हो न मरुनजेल यस्लाई कस्ले पो रेखदेख गरेर पाल्ला ।

अरुले त काम गर्न पाएमा दुखै भय पनि खानाले त मर्दैन होलान। “अहिले उहाँ भन्दा पनि आफूलाई भक्‍कानो छुटेर आउँछ उनका ती कुराले¸ आमाको सन्तान प्रतिको माया कति निश्‍चल छ। आमाको अन्तिम घडीमा आफ्नो होइन सन्तानको मायाले पालेको रहेछ उहाँलाई। कर्तव्यहरु पाखा लाग्न सकेका रहेनछन् । उहाँलाई झुट्टा आशा दिँदै भनेका थिए¸ यी नहुर्किनजेल तपाईलाई केही हुन्‍न। बुझ्दै जाँदा उहाँ एच.आइ.भी. (H.I.V.) अनि त्यसैमाथि क्यान्सरको बिरामी रहेछन् भन्‍ने थाहाँ पाए। थाहाँ पाए पनि मानिस न परियो केही गर्न नसके पनि झुट्टा आस् दिलाउन नैसर्गिक अधिकार नै हो जस्तो लाग्छ । छि! सोच्दा पनि मनै दुख्छ अनी मान्छेहरु पर्ति वितृस्ना जाग्छ। श्रीमती भने श्रीमान्‍को पर्खाइमा आफ्ना शारीरिक भोक जति पनि खप्नु पर्ने र सक्ने श्रीमान् भनाउँदाहरु भने किन त्यो शारीरिक भोक खप्न नसक्ने? समाजले दिएको स्वच्छन्दता पुरुषको मात्र नभई महिलाको पनि नैसर्गिक अधिकारमा जोडाई दिएको छ।

आखिर भोक त भोकै हो नी चाहे पुरुषको होसु या महिलाको अनुशासनको कठघरामा महिला मात्र बाँधिनु पर्ने किन होला? समाजले दिएको त्यो बन्धन दुबैका लागि होइन र? सायद पुरुषको अहमले त्यो अनुशासन नतोडेको भए आज कृष्णलाल चेपाङ्गको अकालमा ज्यान जाने थिएन साथै उसको श्रीमती सहित बच्चाको त्यो दुर्दशा हुने थिएन। जीवन भनेको पिडा नै पिडाको पोका हो जस्तो लाग्छ । सानोलाई सानै र ठुलोलाई ठुलो पिडा तर पनि कुनै कुनै पिडाले जीवनलाई किन दखल पुर्‍याउँछ होला, मनसपटलाई किन खलबल्याई रहन्छ? झलझली याद आउँछ यो प्रकृतिको निर्दयी रुप देखेर। डाँडामा रहेको घर¸ पहिरोले लग्नै आँटेको घरको आगन¸ भारतमा पैसा कमाउन भएको छोराको गाडीको ठक्‍करबाट मृत्यु बोल्दै रुदै थिईन ती बाजुराकी गिता बोहरा दिदी।

आँगन पनि के भन्‍नु पहिरोले माटो सबै भत्काएर एक छेउमात्र बाँकी राखेको थियो ।नातिनातिनी र बुहारीको मुखतिर दृष्टि पोख्दै बलिधारा आँसु झार्दै भन्दै थिइन् “अभागी केटाकेटी हो पाउने भयौं जिन्दगीमा दु:ख म त डाँडा माथिको घाम भैसके¸ अब के गरेर खान्छौ? भएको खेतिबारिले तीन महिना पुग्दैन, कमाउने भनेको एक उहि थियो। शत्रु लाग्यो की मेरो भाग्यले ठग्यो। भएको यही ओत लाग्ने एउटा घर पनि अर्को बर्खा नकट्ला जस्तो छ। कहाँ बस्छौ के खान्छौ? एक दिन त्यस्ले काम नगरी घरमा माड लाग्दैन “यति भन्दै भक्‍कानिएर लडेकि थिइन्। म त्यहाँ साथिसग घुम्न र रमाईलो गर्न गएकी थिए तर के सुन्‍न र देख्‍नु पर्यो। म पनि त आखिर रमितै त थिए ।त्यो उनको दु:ख हेर्नु र सान्त्वनाका दुई चार शब्द ओकल्नु बाहेक अरु त के नै पो गर्न सक्थे र! अहिले आफू जति नै सुरक्षित भए पनि सामाजिक सञ्‍जालमा प्रकृतिले गरेको विपत्ति वा विनाशकारी भएको एउटा सामाचार देख्दा पनि ठूलो पहाडबाट खसेको भान हुन्छ¸ त्यो नौ वर्षको बालापनमा घटेको वा आफ्नै जीवन माथि आईलागेको त्यो उग्रपात कुनै सञ्‍जालको विनासरूपि चित्रसँग जोडिएर आफ्नै जीवन माथि चसक-चसक बनाउँछ ।

पानी मानिसको लागि नभई नहुने बस्तु हो¸ तर यसको विनासकारी रुप देख्‍नु मेरो लागि कुनै नौलो कुरा होईन किनकी आफैले भोगेको भएर होला। मनसपटलमा आलै छ। त्यो रात भरिको समय तालिका मिलाए जस्तो¸ एकै सुरमा परेको मुसलधारे पानी¸ त्यसै माथि पाँच गाउँ रित्याउने पहिरोसँगै पश्‍चिमबाट उर्लिएको आर्दोला खोला अनि उत्तरबाट आएको बुढीगँगा नदिको संगममा हाम्रो सारा संसार। बिहानको समय¸ विलीन भएका गाईबस्तु पसल घर खाने रासन लुगाफाटा सबै जति अन्‍नबाली सबै बगाएर खेतिबारी मरुभूमि बनायो क्षण भरमै। किन प्रकृति यस्तो निर्दयी हुन्छ¸ बेला बेलामा आखिर मानिसलाई जित्‍न कहाँ पो सकेको छ र? तर पनि प्रकृतिलाइ बिटुल्याउने काम भनेको मानिसबाट भईनै रहेको छ हरपल। एउटाबाट अर्को तिर जोडिनु पुगाईदिन्छ कहिले मान्छेले आफै बज्रपात निम्त्याउछ¸ कहिले नचाहाँदा नचाहाँदै समस्याको सिकार बन्‍नुपर्ने त कहिले गन्तव्य बिहिन सपनाको पछाडि दौडेर जिन्दगीलाई भुमरीमा अल्झाउनु पर्ने बाध्यता।

सम्झनामा आईरहन्छ¸ काठमाडौं नयाँ बानेश्वर स्थित निर्मल बाल विकास आपाङ्ग स्कुलमा ईन्टन गर्दा त्यहाँकी स्याहार सुसारे दीदिको कुराले मन पिरोल्छ। बिचरा भन्‍ने गर्थिन” नानी किन सधै गरिब र दु:खीलाई मात्र भगवानले दु:ख दिन्छ होला है? साउदीमा कमाउन गएको थियो मेरो छोरा भएको सबै जग्गा जमिन साहुसँग छत्तिस प्रतिशत धितो राखी । त्यस्तो नगर छोरा भनेर कति ढिपि गरे तर¸ मानेन झन¸ मलाई आमा त्यो पैसा त एक वर्षको कमाईमै तिरेर पनि कमाएको पैसा बाँकी रहन्छ भन्थ्यो।

गएको दुई महिनामै उसको लास यहाँ आयो। साहुको पैसा तिर्न नसक्दा सबै जग्गा जमिन साहुले लिए। आज म आफ्नै गाउँको सुकुम्बासी भएकि छु। “लाग्छ आखिर कहिलेसम्म होलान हाम्रा युवा दाजुभाई विदेशमा पाखुरी बजार्न। सयौं दाजु भाई छोड्‍छनु आखिर बाँच्नैको लागि यति दु:ख। दु:ख भए पनि मान्छे धेरै दिन बाँच्ने रहेछ त¸ भोको पिडाले नबाँच्ने रहेछ¸ आज करोडौंको अमुल्य जीवन आत्महत्या गर्ने बाट बताईरहेको छ । अनि जनतालाई अनुदानमा खाद्य पदार्थ उपलब्ध गराउन नसक्ने देशको सेवाप्रति घीन लागेर आउँछ। भोकले थलिएर अर्थात् आत्महत्या गरेर मर्नु¸ रोगले गलेर जिउँदै कुहिएर मर्नु र विदेशीको दास बनेर विदेशमै लास अलपत्र हुनु हामी सबै नेपालीको जीवनसँग जोडिएको लाग्छ¸ अनि सरकार भन्‍नु जनताको लागि दन्त्यकथा।

अछाम¸ हाल काठमाडौं।