मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरआज समाचार प्रभाव : यूवाहरुको सक्रियतामा मंगलसेन बजारमा सरसफाई

सुदूरआज समाचार प्रभाव : यूवाहरुको सक्रियतामा मंगलसेन बजारमा सरसफाई

सुदूर आज

एकेन्द्र खत्री, अछाम :

जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार सोमबार सरसफाइ गरीएको छ । अव्यवस्थित फोहोरले दुर्गन्धित बन्दै जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार भन्ने शिर्षकको समाचार पहिलो पटक सुदूरआजले प्रकाशित गरेको थियो ।

फोहोरको थुप्रोले आवत जावत गर्नै समस्या लगायतका कुराहरुको सामाजीक संजालमा चर्को विरोध तथा समाचार प्रकाशित पछी मंगलसेनका केही युवाहरुले बजार सरसफाइमा सक्रियता देखाएका हुन ।

मंगलसेन नगरपालीकाको केन्द्र तथा अछाम जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन बजारमा अव्यबस्थीत रुपमा व्यापारी तथा स्थानीयले जथाभावी फोहोर फालेर दुर्गन्धित भएको थियो । लामो समयदेखि यस बिषयमा स्थानीय तह, बजार व्यावस्थापन समितीले सरसफाइमा चासो देखाएको थिएन ।

तर सोमबार जिल्लाका सक्रीय युवाहरुको सामुहिक पहलमा मंगलसेन बजार सरसफाई गरिएको हो । सरसफाइ कार्यक्रममा मानव अधिकारकर्मी तथा सोडषा देवी मावी मंगलसेनका शिक्षक मदन कुंवर, आइएमइ इन्स्योरेन्सका संचालक छत्र बोहोरा, यूवा अभियान्ता लक्ष्मी बोगटी, रदिम विसी, गोपाल परीयार, तुलाराम भाट, लक्षमण परीयार, जगत वड लगायतको सहभागीता रहेको थियो ।

सरसफाइ कार्यक्रमका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यावस्था धर्मेश्वर मेडीकलले प्रदान गरेको थियो । बाकी रहेको केही स्थानको फोहोर पनी छिट्टै व्यावस्थापन गरीने अभियान्ता जगत वडले बता सुदूरआजलाई जानकारी दिए ।

यो पनि हेर्नुस