मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको बलिङ बरियता एक स्थान खस्कियो

सन्दीपको बलिङ बरियता एक स्थान खस्कियो


काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टी-२० बलिङ बरियता एक स्थान खस्किएको छ। पछिल्लो समय ७० औँ बरियतामा रहेका लामिछानेको बरियता एक स्थान तल पर्दै ८० स्थान पुगेको हो।

आज आन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा उनको वरियता एक स्थान खस्किएको हो।

यता नेपाली पूर्वकप्तान पारस खड्काको टी-२० ब्याटिङ बरियता भने यथावत् छ। उनी ७० औँ स्थानमा छन्।

विश्व टी-२० बलिङ बरियताको शीर्षस्थानमा अफगानिस्तानका रशिद खान छन्। त्यस्तै ब्याटिङतफ भने शीर्ष स्थानमा इंग्ल्यानडका डेबिड मलन छन्।