मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली फुटबलर राजेशले भारतीय क्लबबाट बी डिभिजन आईलिग खेल्ने

नेपाली फुटबलर राजेशले भारतीय क्लबबाट बी डिभिजन आईलिग खेल्ने


काठमाण्डाै – नेपाली २३ वर्ष मुनिको टोलीका फरवार्ड राजेश परियारले भारतीय क्लबबाट बी डिभिजन आईलिग खेल्ने भएका छन् ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको ‘एआरए एफसी’ अहमदाबादबाट खेल्ने भएका हुन् ।

भारतको बी डिभिजनको आईलिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो ।

राजेशले सामाजिक सञ्जालबाट आफू अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका छन् । उनले प्रतियोगिताका लागि भोली भारत जाने बताएका छन् ।

राजेशले गएको सिजन न्यूरोड टिम एनआरटीबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।