मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संबिधान दिवसको अवसरमा बयालपाटा अस्पतालमा अफिसियल फुटबल प्रतियोगिता सुरु

संबिधान दिवसको अवसरमा बयालपाटा अस्पतालमा अफिसियल फुटबल प्रतियोगिता सुरु


अछाम ।

संबिधान दिवसको अवसरमा पारी बयालपाटा अस्पतालमा हुक्कामार फुटबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद भन्दै बिएच स्पोर्ट क्लबले अफिसिएल फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

अस्पतालमा कार्यरत कर्मचारीहरु मात्र समाबेश हुने गरि फुटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका सदस्य महेन्द्र कुवँरले बताए । पोशक शर्माको प्रायोजनमा सुरु भएको प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

डाक्टर बिप्लव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठक प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा जनसंचालन प्रबन्धक प्रकाश ढकाल तथा बित्त बिभाग प्रमुख रामराज खकुरेल बिशिष्ट अथिति रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अथिति रामराज खकुरेलले खेलले मासिसलाई स्वस्थ्य बनाई राख्न मदत गर्नुका साथै औपचारिक रुपमा गरिने यस्ता प्रकारका प्रतियोगिता टिमवर्क र बन्धुत्व कायम राख्न समेत मजबुत बनाउने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा हुक्कामार होटेलका संचालक उमेश शर्मा, प्रायोजक पोशक शर्मा लगायत खेलप्रेमी कर्मचारी तथा खेलाडीको सहभागिता रहेको थियो । ५ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधी जित्ने टिमले खस्सी हात पार्नेछ । कार्यालय समय भन्दा अघिपछि मात्र खेल संचानल हुने क्लबले जनाएको छ ।

पहिलो खेलमा धर्म खड्का टिम बिजयी (भिडियो सहित)

प्रतियोगिता अन्र्तगत आजै शनिबार भएको पहिलो खेलमा धर्म खड्का टिम बिजयी भएको छ । प्रतिद्धन्द्धी चेतमान टिमलाई एक शुन्यले पराजित गर्दै आफ्नो जित सुरक्षित गरेको हो ।

पहिलो हापमा दुबै टिमले गोल गर्न सकेनन् । दोश्रो हापको सुरुवातमै खड्का टिमका टिम क्याप्टेन डाक्टर मन्दीप पाठकले उत्कृष्ट गोल गरेसंगै जित सुरक्षित गर्न सफल भएको हो ।

आईतबार भोलीको पहिलो खेल राईडर किगं र चाईल्ड्स ह्याभन टिम बिच हुने आजका रेफ्रि महेन्द्र कुवँरले बताए ।