मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमिन्सको अर्धशतकले मुम्बईलाई १४९ रनको लक्ष्य

कमिन्सको अर्धशतकले मुम्बईलाई १४९ रनको लक्ष्य


काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत कोलकात्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई जितका लागि १४९ रनको लक्ष्य दिएको छ । 

शेख ज्यायद क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनाउन सफल भयो । 

कोलकात्ताका लागि प्याट कमिन्सले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । त्यस्तै कप्तान इयान मोर्गानले ३९ रन बनाउँदा सुभम गिलले २१ रनको योगदान गरे । 

बलिङतर्फ मुम्बईका लागि राहुल चहारले दुई विकेट लिए । त्यस्तै प्याट कमिन्स, नाथन कट्रेल र जस्प्रित भुम्राहाले समान एक–एक विकेट लिए । 

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । मुम्बई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा आठौं खेल खेल्न लागेको मुम्बई यसअघिका ७ खेल मध्य पाँच खेलमा जित निकालेको छ । 

दोस्रो स्थानको मुम्बई १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको दिल्लीको ८ खेलबाट १२ अंक रहेको छ । 

यता चौथो स्थानमा रहेको कोलकाक्ता आजको खेलमा सहज जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । सात खेलबाट कोलकाक्ताले ८ अंक जोडेको छ ।