मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूवाहरुको सक्रियातामा साँफेबगर क्षेत्र सरसफाई (फोटो सहित)

यूवाहरुको सक्रियातामा साँफेबगर क्षेत्र सरसफाई (फोटो सहित)


अछाम । जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर क्षेत्र सरसफाई गरिएको छ । साँफेबगरका सक्रिय यूवाहरुको सहभागितामा बजार क्षेत्र सरसफाई गरिएको हो ।

नयाँ शहरका रुपमा विकसित हुन लागेको शहरमा समेत दशैँ जस्तो चाँड पर्व आउदा पनि स्थानिय निकाय तथा सरोकारवालाहरुले सरसफाई प्रति चाँसो नदिदाँ युवाहरु मिलेर सरसफाई गरिएको साँफेबगरका यूवा उमेश कुवँरले बताए ।

घटस्थापनाको दिन पारेर बजार क्षेत्र सरसफाई गरिएको कुवँरले बताए । साँफेबगर क्षेत्र अव्यवस्थित फोहोरले दुर्गन्धीत बन्दै गएको भन्दै यसअघि सुदूरआजले पहिलो पटक समाचार प्रकाशित गेरको थियो ।

फोहोर व्यावस्थापन हुन नसक्दा साँफेबगर क्षेत्र दुर्गन्धित बन्दै भन्ने समाचार सुदूरआज लगायतका संचार माध्यमा आएपछि आफुहूले पनि चाँसो दिएको दारी ग्यांग अछामका संयोजक समेत रहेका युवा उमेश कुवँरको भनाई छ ।

चाँडपर्वहरु लाई मध्यनजर गर्दै साँफेबगर यूवा क्लबको नेतृत्वमा यूवाहरुले साँफेबगर क्षेत्र सरसफाई गरेका हुन् । साथै उनिहरुले फोहोरमैला व्यावस्थापनका लागि उक्त क्षेत्रमा डष्बीन समेत राखेका छन् ।

साँफेवगर नगरपालिका कार्यालय, एयरपोर्ट बजारक्षेत्र छिपेखोला तथा जीप पार्कक्षेत्रमा सरसफाई गगरिएको क्लवका अध्यक्ष युवराज नाथले बताए । सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यलय साफेबगर, खप्तड गुल्म साफेबगरको समेत सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस