मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एबी डिभिलियर्सको वि’स्फो’टक ब्याटिङमा बैंगलोरको जित

एबी डिभिलियर्सको वि’स्फो’टक ब्याटिङमा बैंगलोरको जित

सुदूर आज

काठमाडौं । इन्डियन्स प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । शनिबार भएको खेमला बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजस्थानले बैंगलोरलाई जितका लागि लिएको १७८ रनको मध्यम लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा ३ विकेट गुमाउँदै १७९ रन बनाउन सफल भयो । बैंगलोरका लागि एबी डिभिलियर्सले अर्धशतकीय पारी खेले । २२ बल खेलेका उनले १ चौका र ६ छक्काको सहयोगमा ५५ रन बनाउन सफल भए । 

त्यस्तै कप्तान विराट कोहलीले ४३ रन बनाउँदा देबदत्त पाडिकल ३५ तथा गुक्रित सिंहले १९ रनको योगदान गरे । बलिङतर्फ श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल तेवातियाले समा एक–एक विकेट लिए । 

सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन जोडेको थियो । यसअघि राजस्थान रोयल्सका लागि मध्यम सुरुवात गरेका ओपनर ब्याट्सम्यान बेन स्टोक्स र रोविन उथप्पाले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा राजस्थानले छैटौं ओरभमा बेन स्टोक्सलाई १५ रनमा गुमाएको थियो । 

त्यसपछि अर्का ओपनर ब्याट्सम्यान उथप्पा आठौं ओभरको चौथो बलमा युजवेन्द्र चाहलको बलमा पेभिलियन फर्किए । उनले २२ बलको सामना गर्दै ७ चौका र एक छक्काको मद्दतमा ४१ रनको पारी खेलेका थिए । सोही ओभरको पाँचौ बलमा तेस्रो विकेटको रुपमा राजस्थानले सन्जु सामसनलाई गुमाएको थियो । सामसन ९ रनमा आउट भएका थिए । 

त्यसपछि मैदान आएका कप्तान स्टिभ स्मिथ र जोस बट्लरले राजस्थानको पारी सम्हालेका थिए । स्मिथ र बट्लरले ५८ रनको साझेदारी गरेका थिए । तर, बट्लर १६ औं ओभरको तेस्रो बलमा क्रिस मोरिसको बलमा क्याचआउट हुन पुगे । उनी २५ बलमा एक चौका र एक छक्कासहित २४ रन जाड्दै पेभिलियन फर्किए । 

राजस्थानको मध्यम लक्ष्यका लागि कप्तान स्मिथले कप्तानी पारी खेले । उनले ३६ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकीय पारी खेलेका हुन् । राहुल तिवेतियाले अविजित १९ रनको योगदान दिए । 

बैंगलोरका लागि क्रिस मोरिसले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै मात्र २६ रन खर्चेर चार विकेट लिएका थिए । त्यस्तै युजवेन्द्र चाहलले दुई वकेट लिए । जितसँगै बैंगलोरले ९ खेलबाट १२ अंक जोडेको छ । बैंगलोर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेल खेलेको राजस्थान तालिकाको ८ औँ स्थानमा छ ।