मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट अछाममा कार्यरत स्वास्थ्यकर्मीको मृ’त्यु

कोरोना संक्रमणबाट अछाममा कार्यरत स्वास्थ्यकर्मीको मृ’त्यु


अछाम । कोरोना भाईरसको संक्रमण बाट अछाम जिल्लामा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिका अन्र्तगत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सिनियर अहेब श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीका अनुसार श्रेष्ठ बिरामी भएर धनगढी गएको बेला उतै परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुने उनि अछाम जिल्लामा कार्यरत पहिलो स्वास्थ्यकर्मी हुन् ।

जोशीका अनुसार जिल्लामा हाल २८ जना सक्रिय संक्रमित रहेका छन् । कमलबजार पिसिआर प्रयोगशालामा आज भएको परिक्षणमा जिल्लाका थप २ जनामा कोरोना संक्रमण देखिएसंगै अछाममा कुल संक्रमितको संख्या भने ११ सय ६१ पुगेको छ ।