मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणको उच्च जोखिममा मंगलसेन, दिनदिनै थपिदैँ संक्रमित

कोरोना संक्रमणको उच्च जोखिममा मंगलसेन, दिनदिनै थपिदैँ संक्रमित


बिहिबार अछाम जिल्लामा ४० जनामा कोरोना पुष्टी

अछाम । अछाम जिल्लामा कोरोना भाईरस कोभिड १९ को संक्रमण तिव्र रुपमा फैलिन थालेको छ । जिल्लामै पिसिआर प्रयोगशाला स्थापना भएपश्चिात परिक्षणको दायरा बढ्दा दिन दिनै संक्रमित थपिन लागेका छन् ।

सबै भन्दा बढी जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा कोरोनाको संक्रमण दर उच्च रहेको छ । मंगलसेनमा पछिल्लो एकसाता यता १०० बढी नयाँ संक्रमित थपिएका छन् । जिल्लमा आवतजावत बढ्नु र कोरोना प्रति सचेत नभई लापरवाही गर्नाले कोरोनाको संक्रमण दर बढी भएको सरोकारवालाको बुझाई छ ।

बिहिबार मात्रै जिल्लामा ४० जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । ९ महिला र ३१ पुरुष गरी ४० जना जिल्ला भित्रैका नागरिकमा कोरोना पुष्टी भएको कमलबजार पिसिआर प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार बिहिबार सबैभन्दम बढी मंगलसेन नगरपालिकामा कोरोना संक्रमित थपिएका छन् । उनका अनुसार मंगलसेनमा ८ महिला र १७ पुरुष गरी २५ जना, कमलबजार नगरपालिकामा ४ जना पुरुष, तुर्माखाँद गाँउपालिकामा ४ जना पुरुष, बान्नीगढी गाँउपालिकामा ३ जना पुरुष, चौरपाटी गाँउपालिकामा २ जना पुरुष, ढकारी गाँउपालिकाका १ जना पुरुष र रामारोशन गाँउपालिकामा १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै जिल्ला बाहिर घर भएर अछाम जिल्लामा कार्यरत रहेका अन्य ८ जना पुरुषमा समेत कोरोना पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए ।