मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीएम कप : पहिलो सेमिफाइनलमा एपीएफलाई पुलिसको चुनौती

पीएम कप : पहिलो सेमिफाइनलमा एपीएफलाई पुलिसको चुनौती

सुदूर आज

काठमाडौं- प्रधानमन्त्री पक पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बुधबार) पहिलो सेमिफाइनल खेल हुँदैछ।

आजको खेलमा समूह ए को विजेता एपीएफले समूह बीको उपविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ।

सशस्त्र प्रहरीको विभागीय टिम र पुलिसको विभागीय टिम उपाधि प्रतिस्पर्धी एवम् बलिया टिम हुन्।

यसकारण आज दुवै टिमलाई फाइनलसम्मको यात्राका लागि निकै चुनौति हुनेछ।

जारी प्रतियोगितामा एपीएफ अपराजित टिम हो भने समूह चरणको एक खेलमा पुलिस पराजित भएको छ।

तुलनात्मक रुपमा एपीएफ बलियो देखिन्छ। आजको खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा साढे ९ बजेबाट सुरु हुँदैछ।  

दोस्रो सेमिफाइन खेल भोली सोही मैदानमा हुनेछ। सेमिफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने पराजित टिम सेकिफाइनलबाटै बाहिरिने छ। 

सेमिफाइनलमा पराजित हुने टिमले ५० हजार पाउने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।