मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली


जन्म २०२० साल असार २१ गते, मृत्यु २०७७/९/२९

एक बहिनिको ससुरा , अर्को बहिनिको जेठाजु , दाजुको जेठान अनि हाम्रै परिवारमा उहाँ ( साविकको विनायक गाविसका पुर्व अध्यक्ष धर्मराज देवकोटा ) को आफ्नो ससुराली पनि । यति नजिकको नाता सम्बन्ध थियो । उमेर ले म उहाँको छोराहरूको समवयी तर पनि मलाई साथी जस्तो व्यबहार गर्नुहुन्थ्यो । उहाँ ले मलाई वेदजी भन्नुहुन्थ्यो । म उहाँ लाई अध्यक्ष ज्यु भनेर सम्बोधन गर्थे । मैले पनि उहाँ लाई इज्जत र सम्मान दिन कुनै कन्जुस्याइँ गरिन ।नेपाली कांग्रेसको नेता , साविकको विनायक गाविसका पुर्व अध्यक्ष उहाँ हाम्रो नातेदार मद्यको बलियो खम्बा हुनुहुन्थ्यो । उहाँ संग आस थियो ,उत्तिकै भरोसा पनि । उहाँको अवसानले गहिरो चोट पुगेको छ । उहाँको अबसान पछि मन मुटु छियाछिया भएको छ । हाम्रो पार्टी नेपाली कांग्रेसले एक असल अनि कुशल नेता गुमायो । मैले भरोसा गरेको अभिभावक सरहको ब्याक्तित्व गुमाए । आदरणीय ब्याक्तित्वको महाप्रस्थान भएको पनि ४५ दिन पुगेको छ । मैले निकै सम्मान गर्ने ब्याक्तित्व लाई ४५ औं दिनको पुण्यतिथीमा हार्दिक श्रद्धाञ्जली लेख्दा मन गह्रौ भएको छ । अध्यक्ष ( विनायक गविसका पुर्व अध्यक्ष धर्मराज देवकोटा ) ज्यु हजुरको बैकुण्ठ बास होस । दिदी नन्दकला देवकोटा , भान्जाहरु डा.हरिहर देवकोटा , डा. पुष्प देवकोटा, डा.जनक देवकोटा , भान्जीहरु डा. अर्चना , सरिता , बहिनी ज्वाइँ शंकर लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

– वेदप्रकाश तिमिल्सैना
कुइका अछाम ।