मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेस्सी लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जित्ने पहिलो खेलाडी

मेस्सी लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जित्ने पहिलो खेलाडी


काठमाडौं । लियोनल मेस्सी लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जित्ने पहिलो खेलाडी बनेका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लगातार पाँचौं पटक र करिअरमा आठौं पटक ‘पीचीची ट्रफी’ जितेका हुन् । 

सिजनको अन्तिम खेल नखेलेका मेस्सीले ला लिगामा यो सिजन ३५ खेल खेल्दै ३० गोल गरेका थिए । दोस्रो स्थानमा रहेका करिम बेन्जिमा र ग्राड मोरेनोले समान २३–२३ गोल गरेका थिए । मेस्सीले सन् २०१६–०१७ को सिजनदेखि २०२०–०२१ को सिजनसम्म लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जितेका हुन् । 

मेस्सीले पहिलोपटक २००९–०१० को सिजन ‘पीचीची ट्रफी’ जितेका थिए । मेस्सीअघि हुगो सान्चेजले सन् १९८४–०८४ देखि १९८७–०८८ को सिजनसम्म लगातार चारपटक ‘पीचीची ट्रफी’ जितेका थिए । उनले एट्लेटिको मड्रिड र रियल मड्रिडमा रहेर यो ट्रफी जितेका थिए ।