मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उधोग बाणिज्य संग अछामद्वारा तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान

उधोग बाणिज्य संग अछामद्वारा तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान


अछाम : उधोग बाणिज्य संग अछामले तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ । वाणिज्य संघले कोरोना माहामारी सग लड्न पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सहज होस् भनेर सामाग्री प्रदान गरेको जनाएको छ ।

अहिलेको परिस्थिती निशेधाज्ञाको समयमा भनेको बेला समयमा स्वास्थ्य सुरक्षाका सामाग्री पाउन नसकिरहेका बेला वाणिज्य संघले उपलब्ध गराएको भन्दै गाँउपालका अध्यक्ष पुष्पराज शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।

उद्योग वाणिज्य संघ अछामका कार्य समिती सदस्य श्री भिम बहादुर चलाउनेले उक्त सामाग्री गाँउपालिका अध्यक्ष पुष्पराज शर्मा र स्वास्थ शाखा प्रमुख ऐकेन्द्र बयकलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सुरक्षा सामग्रीमा एन ९५ मास्क ३५ थान, सर्जिकल मास्क २ हजार थान, हेण्ड सेनिटाईजर १० लिटर रहेको छ ।