मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलको सहज जित

ब्राजिलको सहज जित


काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुआत गरेको छ । आयोजक टोली ब्राजिलले प्रतियोगिताको पहिलो खेलमा सहज जित निकाल्दै सुखद सुरुआत गरेको हो । 

आइतबार राति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा भएको खेलमा ब्राजिललाई जित दिलाउन मार्कविवन्होस, नेयमार र गार्बियल बर्बोसाले एक–एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्कविवन्होसले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रिचार्र्लिसनले गोल गरे पनि भिएआजरले मान्यता दिएन । 

६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमानभन्दा नेयमार १० गोलले पछि छन् ।

८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए । जितसँगै समूह ‘बी’मा रहेका ब्राजिलले ३ अंक जोडेको छ ।

ब्राजिल समूहको शीर्ष स्थानमा छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।