मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली फुटबल टोली स्वदेश फिर्ता

नेपाली फुटबल टोली स्वदेश फिर्ता


काठमाण्डाै – विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली कतार एयरवेजको उडानमार्फत काठमाण्डौ आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो ।

विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ । गएको जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो ।