मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई कोरोनाको खोप दिइयो

राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई कोरोनाको खोप दिइयो


काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई कोभिडविरुद्धको खोप प्रदान गरिएको छ।

बिहीबार कोभिडविरुद्धको खोप लगाएपछि खेलाडीहरु घर फर्किन सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

खेलाडी र राष्ट्रिय टिमका अफिसियलले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरबाट कोभिडविरुद्धको भ्याक्सिन लिएका हुन्।

इराकसँगको मैत्रीपूर्ण र विश्वकप तथा एसिया कपको संयुक्त छनोट खेल खेलेर नेपाली टोली जुन १३ मा नेपाल फर्किएको थियो।

विश्वकप छनोटका पछिल्ला तीन खेलमा नेपालले दुई हार र एक जित निकालेको थियो। यससँगै नेपालले समूह बीको चौथो स्थानमा रहेको छ।

सो छनोटपछि नेपालले एसिया कपको तेस्रो चरण खेल्न पाउने भएको छ।