मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी

पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी


काठमाण्डाै – घरेलु टिम इंग्ल्याण्डले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई हराएको छ । रिभरसाइट मैदानमा मंगलबार भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ रन बनाए ।

श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो ।

यसअघि भएको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खलामा इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो ।