मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निता अर्थात महिला भलिबलकी नेता

निता अर्थात महिला भलिबलकी नेता


‘त्यो बेला महिलाले खेल्नु पर्छ भन्ने मानसिकता नै थिएन तर पनि सबै परिस्थितीको सामना गर्दै अघि बढेँ ‘

अछाम : अछामको पहिलो महिला भलिबल खेलाडीको रुपमा चिनिने नाम हो निता शाह । जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका दर्नामा जन्मिएकी शाहले २०५२ साल बाट भलिबल खेल्न सुरु गरिन् । आफ्नो गाँउमा निमावी स्कुल भएका कारण जिल्ला स्तरिय प्रतियोगिता खेल्न नपाईने भन्दै उनले कालागाँउमा रहेको अन्नपूर्ण माबीबाट तत्कालिन समयमा हुने विरेन्द्र सिल्डबाट खेल्न सुरु गरिन् ।

दर्नाको ऐश्वर्य निमावीबाट पढाई संगै १४ बर्षको उमेरमा भलिबल संग साईनो जोडेकी निताले २०५४ मा कालागाउको अन्नपूर्णबाट एसएलसी सम्मको शिक्षा पुरा गरिन् । आफुले भलिबल खेल्ने बेला न खेलकुदका समाग्री हुन्थे, न खेल मैदान, न कुनै प्रशिक्षण निता भन्छन् दुख गर्दै खेललाई निरन्तरता दिँए । त्यो बेला महिलाले खेल्नु पर्छ भन्ने मानसिकता समेत थिएन उनि भन्छन् घरपरिवार बाट समेत भलिबल खेल्न छुट थिएन तर आफुले यी सबै परिस्थितीको सामना गर्दै अघि बढेँ ।

जिल्लामा हुने बिभिन्न प्रतियोगितामा सहभागी हुदैँ उनि २०५३ सालमा धनगढीमा भएको राष्टिय खेलकुद प्रतियोगितामा सहभागी भईन् । सुदुरपश्चिम प्रदेशबाट राष्ट्रिय खेलमा सहभागी उनको टिमले त्यो बेला नै तेश्रो स्थान हासिल गर्यो । त्यसअघि उनले अछामको नेृतत्व गर्दै महेन्द्रनगरमा भएको तत्कालिन क्षेत्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रर्दशन गरकी थिईन् ।

निता संगै सो प्रतियोगितामा अछामबाट मोती भाट, सुनिता शाह र सरस्वती नेपाली समेत सहभागी भएकी थिईन् । २०४३ देखि ५३ सम्म १० बर्ष कुनै महिला भलिबल प्रतियोगिता नै नभएको निता बताउछन् । आफ्नो ब्याच नै ४३ पछिको पहिलो भएको उनको भनाई छ ।

सन् १९९९ मा नेपालमै आयोजना भएको ८ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताका सागका लागि निता छनोटमा परेपनि खेल्ने अवसर पाईनन् । उनि सम्झन्छन् त्यो बेला दुर्गमका भनेर सुदूरपश्चिमका मान्छेलाई हेप्ने प्रवृती हाबी थियो, पहुँच भएकाहरुको हालीमुहाली थियो । हुन त अहिले पनि त्यो छ तर अहिलेको भन्दा पहिले बढी दब्दबा थियो । राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिक्ता दिने गरेका कारण आफु खेल भन्दा बाहिर हुनु परेको उनको गुनासो छ ।

तर आफुले जसरी पनि खेल्नु पर्छ भन्ने अठोट राखेर अघि बढे, कुनै अवस्थामा पनि भलिबल नछोडन्े मनस्थितीमा पुगेर खेललाई निरन्तरता दिएको उनि बताउछन् । आफ्नो खेल राम्रो भएकै कारण होला उनि भन्छन् २०५७ मा मलाई महेन्द्र पुलिस क्लबले आफ्नो टिममा समाबेश गरायो ।

त्यसपछि सन् २००६ मा भएको १० औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा खेल्ने अवसर नितालाई मिल्यो । उनि संगै सुदुरपश्चिमबाट छनोट हुदैँ मोती भाटले पनि सो प्रतियोगितामा सहभागी भएर आफ्नो प्रर्दशन गरिन् । निता संगै मोती भाट पनि ४ बर्ष बढी पुलिस क्लबमा आबद्ध भएर भलिबल खेलिन् । सन् २००६ मै भएको एशियन बिच भलिबल प्रतियोगितामा समेत उनीहरु सहभागी भईन् ।

उक्त खेलमा निताले राम्रो प्रर्दशन गरिन् र तेश्रो स्थान स्थान हासिल गरिन् । त्यो उनको भलिबल खेल जीवनमा बिर्सन नसकिने क्षण थियो, जुन क्षण उनि अहिले पनि सम्झन्छन् । सन् २००८ मा भएको अन्तराष्ट्रिय बिच भलिबल प्रतियोगितामा समेत उनको टिम तेश्रो भयो । २००९ मा बंगलादेशमा भएको खेलमा समेत उनले प्रतिष्पर्धा गरिन् ।

अछाम हुदैँ सुदूरपश्चिमको समेत महिला भलिबलको नेतृत्व सम्हालेकी नितालाई २०५७ देखि २०७२ सम्म पुलिस क्लबको टिम क्याप्टेन हुने अवसर मिल्यो । त्यसपछिका देश भित्र भएका प्राय सबै राष्ट्रिय प्रतियोगिता खेलेकी निताले सन् २०१२ मा चिनमा भएको बृहत एशियन खेलमा समेत सहभागी भईन् ।

भलिबलमा हुने लेबल १ र २ तालिम कोर्स पुरा गरेकी निताले प्रशिक्षक र राष्टिय रेफ्रि भएर काम गरको अनुभव छ । ८ आँै राष्टिय खेलकुद प्रतियोगितामा प्रशिक्षक भएर काम गरेकी निता शाह हाल कामको सिलसिलामा दुबईमा छन् । फेरी पनि नेपालकै खेल क्षेत्रमा केही गरौँ भन्ने चाहाना छ उनीमा, भन्छन् अब नेपाल फर्केर खेल क्षेत्रमै लाग्नेछु ।