मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रिडिकोटलाई

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रिडिकोटलाई


अछाम । जिल्लाको मंगलसेन नगरपालीकाको ओलिगाउ सम्पन्न प्रथम कृष्ण स्मृति क्रिकेट प्रतियोगिताको उपाधि रिडिकोट युवा क्लब रिडिकाेटले हात पारेको छ ।

फाईनलमा आयोजक कृष्ण वीर स्मृति युवा क्लब वलिगाउलाई २३ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको रिडिकाेटले निर्धारित १२ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

जवाफमा वलिगाउले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाएको थियो । रिडिकाेटलाई जिताउनका लागि कुबेर केसीले ३० र शिवराज स्वारले २३ रनको योगदान दिएका थिए ।

प्रतियोगितामा उपाधि जितेको रिडिकाेटले नगद ५० हजार सहित कप, प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको वलिगाउले १० हजार सहित कप, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको फाईनल खेलमा राम्रो खेल प्रदर्शन गरेका शिवराज स्वार म्यान अफ द म्याच र प्रतियोगिता अवधिभर उत्कृष्ट खेल खेलका वलिगाउका केशर रावल म्यान अफ द सिरिजको पुरुष्कार पाउन सफल भएका थिए ।

कृष्ण वीर स्मृति युवा क्लब वलिगाउका अध्यक्ष सुरत बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, बिशिस्ट अतिथि वडा नम्बर ९ अध्यक्ष झपट बहादुर रावल, समाजसेवी भिम बहादुर रावल, अतिथि मंगला नेरा माविका अध्यक्ष भैरब बहादुर बोहरा र समाजसेवी झुलेन्द्र बहादुर रावलले पुरुस्कार वितरण गर्नु भएको थियो ।