मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी युवा कुवँरद्धारा जन्मदिनमा ९३ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

समाजसेवी युवा कुवँरद्धारा जन्मदिनमा ९३ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सुदूर आज

अछाम : नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिति अछामका आमन्त्रीत जिल्ला सदस्य लोकेन्द्रजंग कुँवरले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

नेपाली जन सम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीका सचिव समेत रहेका समाजसेवी युवा कुवँरले आफ्नो जन्मदिनको अवसरमा तथा विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै मायाको चिनो स्वरुप लेखन सामग्री उपलब्ध गराएका हुन् ।

कुवँरले जन्मदिनको अवसरमा उपलब्ध गराएका शैक्षिक सामाग्री जिल्लाको साँफेबगर नगरपालिका –१४ पातलकोटमा रहेको पिपलपार्क आधारभुत विद्यालयमा कक्षा ३ सम्मका ९३ जना विद्यार्थीलाई बितरण गरिएको थियो ।

समाजसेवी युवा लोकेन्द्रजंग कुवँरका दाजु धुर्व कुँवर र भतिजा महेन्द्र कुवँरको विषेश उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कुवँरले यसअघि पनि बिभिन्न समयमा सामाजिक कार्यमा अग्रसर हुदैँ सहयोग गर्दै आएका छन् । उनले कोरोना कहरका बेला स्वास्थ्य सामाग्री सहयोग देखि अघिल्ला बर्षका जन्मदिनमा समेत शैक्षिक सामाग्री वितरण गरेका थिए ।

देश बाहिर रहेका कुवँरले जिल्लाको समग्र विकास र समाज रुपान्त्ररणका लागि काम गर्नुपर्छ भन्दै आवाज उठाउदै आईरहेका छन् ।