मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिभिन्न अभावका बाबजुत टिकेको अछामको खेल क्षेत्र

बिभिन्न अभावका बाबजुत टिकेको अछामको खेल क्षेत्र


फोटो : अछामको साँफेबगर ७ रिडिकोटको बडासैन खेलमैदान ।

अछाम । बिभिन्न अभावका बाबजुत पनि अछाम खेल क्षेत्र बामे सर्दै छ । खेल मैदान, खेलकुद सामाग्री र प्रशिक्षण बिना नै अछामको खेल क्षेत्र टिकेको छ । यस्ता थुप्रै अभावका बिच पनि अछामका खेलाडीले पछिल्लो समय राम्रो प्रर्दशन गरिरहेका छन् ।

सुरुमा भलिबललाइृ मात्रै खेल मानिने अछाम जिल्लामा अहिले अरु बिधाका समेत खेल हुन थालेका छन् । यस्तै एथ्लेटिक्स, कबडी, कराते, बक्सिंग, सुटिंग तेकान्दो लगायतका खेल बिधमा समेत अछामको उपस्थिती हुने गरेको छ । खासगरी अछामी खेलाडीले भलिबल र क्रिकेटमा राष्टिय स्तरमा राम्रो स्थान बनाएका छन् ।

अछामकै माटोमा जन्मेका नेपाली भलिबलका टिम क्याप्टेन भरत शाह, यू १९ को कप्तानी सम्हालेका युवा क्रिकेटर राजु रिजाल, महिला भलिबल खेलाडी निता शाह, मोती भाट, एथ्लेटिक्स उजिर बिष्टले अछामबाट नेपालको प्रतिनिधत्व गर्दै अन्तिराष्टिय खेलकुद मैदानमा आफ्नो उत्कृष्ट प्रर्दशन गरेका थिए । तर उनिहरुले आ आफ्नै संर्घषले त्यहाँ सम्म पुगे र जिल्ला हुदै प्रदेश तथा नेपालकै नाम राख्न सफल भए । अछामलाई अन्तराष्टिय खेल सामु चिनाउन उनिहरु सफल रहे ।

तर पनि जिल्लामा छिटफुट रुपमा हुने प्रतियोगितामा मात्रै अछामको खेल क्षेत्र सिमिति रहेका छ । जिल्लामा खेलकुद विकास समिती भएपनि उसले बर्षमा छनोट प्रतियोगिता बाहेकका अरु खेलकुदका प्रतियोगिता नै नगरेको खेलाडीको गुनासो छ ।

अछामका खेलाडी आफ्नै पैसा खर्च गरर सक्दो प्रयास गरिरहेका छन् अछाम क्रिकेट संघका अध्यक्ष अनिल कुवँर भन्छन् जिल्लाका स्थानिय तहको पनि सहयोग छैन् । जिल्ला खेलकुद विकास समिती पनि निष्कृय जस्तै छ कुनै प्रतियोगिता नै हुदैनन् । उनि भन्छन् जिल्लामा न सोचे जस्ता खेल मैदान छन न प्रशिक्षक र खेलकुद सामाग्री । अभावै अभावका बिच अछामको खेल क्षेत्र छ तरपनि पनि जिल्लाका खेलाडीले आफ्नो तर्फबाट राम्रो गरिरहेका अध्यक्ष कुवँरको भनाई छ ।

जिल्ला खेलकुद विकास समिती अछामका कार्यालय प्रमुख हर्क साँउद भने समिती संग बजेट अभावका कारण खेलकुद प्रतियोगिता गर्न नसकिएको बताउछन् । प्रतियोगतिा गर्न स्थानिय पालिका संग हरेक बर्ष १० लाखको प्रपोजल पेश गरेपनि बजेट नै बिनियोजित नभएको उनको भनाई छ । स्थानिय पालिकामा भने छिटफुट रुपमा खेलकुद प्रतियोगिता हुने गरेको उनले बताए ।

अछामको रिडिकोट र दर्ना फालासैनमा क्रिकेट स्टेडियमका रुपमा निर्माण सुरु गरिएका २ मैदान अलपत्र जस्तै छन् । डोजरको प्रयोग गरी मैदानका रुपमा मात्र सम्माईएका ति खेल मैदानको अवस्था नाजुक छ । स्टेडियकै स्वरुपमा निर्माण प्रक्रिया थालिएका मैदान जस्ताको त्यस्तै छन् । बेला बखतमा खेलकुद प्रतियोगिता भएपनि बाँकी सयम भने ति मैदान प्रयोग बिहिन भएर गौचरनका रुपमा परिणत हुन्छन् ।