मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले ओमानलाई हरायाे, दीपेन्द्रले नटआउट ७३ रन बनाए

नेपालले ओमानलाई हरायाे, दीपेन्द्रले नटआउट ७३ रन बनाए


काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायाे । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनकाे याेगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा भएकाे खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायाे । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै माेहम्मद नदीमले ३१ रनकाे याेगदान गरे । 

बलिङतर्फ नेपालका लागि अविनाश बाेहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।  

आजकाे खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी याे उपलब्धि हात पार्ने नेपालकाे पहिलाे खेलाडी बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले याे उपलब्धि हात पारेका छन् ।  

यस्तै आजकाे खेलबाट कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पहिलाे खेलमा नै सफलता हात पार्न सफल भए । 

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।