मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जेसीज द्वारा प्रजातन्त्र दिवसकाे अवसरमा दीप प्रज्वलन

अछाम जेसीज द्वारा प्रजातन्त्र दिवसकाे अवसरमा दीप प्रज्वलन


मंगलसेन :अछाम अछाम जेसीजकाे अायाेजनामा ७० अाैं राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा सदरमुकाम मंगलसेनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ।

अछाम जेसीज बर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानाकाे अध्यक्षतामा भयकाे कार्यक्रममा जिल्ला स्थित युवा,पत्रकार,सुरक्षाकर्मी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि हरूकाे समेत उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागीहरूले अछाम जेसीजले गरेका विभिन्न खालका रचनात्मक कामकाे प्रशंसा गर्दै प्रजातान्त्र दिवसका अवसरमा अायाेजना गरेकाे दिप प्रज्वलन कार्यक्रमकाे समेत प्रशंसा गरेका थिय। साथै उहाहरूले अछाम जेसीजले अागामी दिनहरूमा जिल्लामा हुने बिभिन्न खालका अन्याय,अत्याचार र भ्रष्टचारका बिरूद्दमा सशक्त रूपमा लाग्नु पर्ने समेत बताउनु भयकाे थियाे।

युवाहरूकाे ब्याक्तित्व,नेतृत्व बिकासका साथै साेचमा समेत सकारात्मक परिर्वतन गराई सामाजिक सेवामा अभिप्रेरित गराउने उदेश्यका साथ सन् २०१३ मा स्थापित अछाम जेसिजले जिल्लामा पर्यटन प्रबर्द्धन,कुसंस्कारकाे अन्त,पुरातात्त्विक महत्वकाे संरक्षणकाे अभियान,युवा उधमशिलता,ब्याक्तित्व बिकास लगायतका तालिम,रक्तदान सम्मान,पर्यटकिय स्थलकाे प्रचार प्रसार,राहात बितरण,खेलकुद,युवा सुचना केन्द्र स्थापना,तालिमहरू संञ्चालन र विभिन्न दिवसहरू मनाउनुका साथै थुप्रै अन्य रचनात्मक र सृजनात्मक कार्य गर्दै अाइरहेकाे छ।

साेही अवसरमा ७० अाैं प्रजातान्त्र दिवसका अवसरमा अायाेजित दिप प्रज्वलन कार्यक्रमकाे समापनमा बाेल्दै अछाम जेसीज बर्ष २०२२ का अध्यक्ष सिद्ध राज ढुंगानाले तत्कालीन समयमा जहानिया राणा शासनकाे अन्तका निम्ति अाफ्नाे ज्यानकाे अाभुती दिने सहिद हरूलाई सम्झदै उहाहरूले गरेकाे त्यागकाे कारणले नेपालमा लाेकतन्त्र अायकाे स्मरण गर्नु भयकाे थियाे

साथै उहाँले शहिदले देखाएको बाटोमा अघि बढ्दै देश विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । अन्याय, अत्याचार र कुशाशन बिरुद्धमा शहिदले दिएको बलिदानीलाई आत्मसाथ गर्दै सुमुन्नत राष्ट्र निर्माणको लागि सबै अग्रसर हुनुपर्ने उहाँको भनाई रहेकाे कार्यक्रमकाे संञ्चालन अछाम जेसीज बर्ष २०२२ का उपाध्यक्ष रिदम बिकले गर्नुभयकाे थियाे।