मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडासैनमा जारी अछामकै ठुलो धनराशीको फुटबल प्रतियोगितामा लिग चरणका खेल सकिए

बडासैनमा जारी अछामकै ठुलो धनराशीको फुटबल प्रतियोगितामा लिग चरणका खेल सकिए


अछाम । जिल्लाको बडासैन खेलमैदान रिडिकोटमा जारी अछामकै सबै भन्दा ठुलो धनराशीको फुटलबल प्रतियोगितामा आज लिग चरणका खेल सकिएका छन् ।

आज लिग चरणका खेल ४ वटा खेल सकिए संगै भोली सेमीफाईनलका खेल हुने आयोजक नौमुठे युवा क्लबले जनाएको छ ।
४ वटा टिम सेमीफाईलनमा प्रबेश गरेका छन् । आयोजक नौमुठे युवा क्लब, बल्याक एज्ञ्जल साँफेबगर, जनकल्याण र साँफेबगर युवा क्लब सेमीफाईनलमा प्रबेश गरेका हुन् ।

जयगढ र जलकल्याण बिच भएको लिग चरणको पहिलो खेलमा १ शुन्यले जनकल्याण बिजयी भयो । साँफेबगर युवा क्लब र आयोजक नौमुठे क्लब बिच भएको दोश्रो खेलमा आयोजक २ शुन्यले बिजयी भयो ।

ब्लयाक एञ्जल र जनकल्याण बिच भएको तेश्रो खेलमा बल्याक एञ्जल ३ शुन्यले बिजयी भयो भने लिग चरणको अन्तिम खेलमा बयालपाटा अस्पताललाई ४ गोलले पराजित गर्दै साँफेबगर युवा क्लब बिजयी भयो ।