मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा उपमेयर कप महिला भलिवल प्रतियोगिता हुदै

साँफेबगरमा उपमेयर कप महिला भलिवल प्रतियोगिता हुदै


अछाम : जिल्लाको साँफेबगर नगरपालिकामा पालिका स्तरीय उपमेयर कप महिला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । नगरपालिकाकाको आयोजनामा साँफेबगर नगरपालिका भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा चैत्र १७ गतेबाट संचालन हुने नगरपालिकाले जनाएको छ ।

जिल्लाका १० वटै पालिकालाई सहभागीका लागि पत्राचार सहित सार्वजनिक सुचना जारी गरिसकिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले बताए ।

प्रतियोगितामा प्रथम टिमले १ लाख ११ हजार १ सय ११ नगद सहित कप, मेडल र प्रमाण पत्र, द्वितीयले ५५ हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाण पत्र, तृतीयले ३३ हजार ३ सय ३३ नगद सहित कप, मेडल र प्रमाण पत्र र सान्त्वना टिमले ११ हजार १ सय ११ नगद पुरुस्कार प्राप्त गर्नेछ । सो पुरुस्कार सबै राशिमा २५ प्रतिशत करकट्टि गरिने समेत बताईएको छ ।

दर्ता शुल्क ५ हजार तोकिएको प्रतियोगितामा खेलाडीले सम्बन्धित पालिकाको स्थायी वासिन्दा भएको परिचय खुल्ने नागरिकता वा जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने र खेलाडीले प्रतियोगिता अवधि भर खान बस्नको व्यवस्था आफै गर्नुपर्ने खेल प्रशिक्षक मुकेश सुनारले बताए ।