मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला खेलकुद अछामको अध्यक्षमा केशर खड्का मनोनित

जिल्ला खेलकुद अछामको अध्यक्षमा केशर खड्का मनोनित


अछाम : जिल्ला खेलकुद विकास समिती अछामको अध्यक्षमा मेल्लेख ५ का केशर खड्का मनोनित भएका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले उनलाई बिहिबार अध्यक्षमा मनोनित गरेको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली २०७७ को नियम ५ को उपनियम १ को खण्ड क मा व्यावस्था भएबमोजिम उनलाई जिल्ला समितीको अध्यक्षमा मनोनित गरिएको हो ।

प्रदेश खेलकुद परिषदको चैत्र २३ गतेको निर्णय अनुसार खड्कालाई अध्यक्षमा मनोनित गरिएको परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले बताए ।