मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्टिय खेल मैदानमा पुग्ने ५ अछामी खेलाडी

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्टिय खेल मैदानमा पुग्ने ५ अछामी खेलाडी


बर्दादेवी बान्नीढी कोटघर कालिका ।
अछाम त बैकुण्ठ रैछ धन्य हो मालिका ।

अछाम एक छुट्टै पहिचान बोकेको जिल्ला हो भन्दा फरक नपर्ला । नेपालका चारधाम मध्येको एक बैद्यनाथ धाम, पयर्टकिय क्षेत्र रामारोशनले अछाम परिचत छ । लयति मात्रै होईन अछाम नेपालका अजर अमर श्रष्टा नेपाली भाषाका अमर साधक तथा प्रथम नाटककार पहलमान सिंह स्वाँर, सरकारले सहिद घोषणा नगरे पनि देश र माटोका लागि सहिद बनेका बलदेव शाही बाँकाबिर लगायतका कारण पनि अछाम चिरपरिचत छ ।

यस्तै धार्मिक तथा पर्यटकिय रुपले खप्तड क्षेत्र, पञ्चदेवल, तितौडा त्रिपुरा सुन्दरी, बान्नीगढी बर्दादेवी, कालिका लगायतले धार्मीक तथा पर्यटकीय महत्व बोकेको जिल्लाका रुपमा अछाम कहलिन्छ । राजनितिक रुपमा समेत अछामले आफ्नौ छुट्टै पहिचान बनाएको छ ।

अछामलाई राष्ट्र र अन्तराष्ट्रिय सम्म चिनाउने अर्को पाटो बनेको छ खेलकुद । अछाममा जन्मिएर नेपाली भलिबल टिमका कयाप्टेन भरत शाह, पुलिस क्लबका क्याप्टेन निता शाह, भलिबल खेलाडी मोती भाट, क्रिकेटर यज्ञमान कुमाल, यू १९ का कप्तान राजु रिजालले अछाम, सुदूरपश्चिम हुदैँ नेपालको प्रतिनिधित्व गरी अन्तराष्टिय खेल मैदान सम्म आफुलाई उभ्याए ।

नेपालको भलिबल खेल ईतिहासमा लामो र बढी उमेर सयम खेल्ने खेलाडी : भरत शाह, पूर्व कप्तान ।

जन्मथलो अछाममा मोजा र प्लाष्टिकको बलबाट भलिबल खेलको यात्रा सुरु गरेका भरत शाहले जीवनका २५ बर्ष भलिबल खेलमा सर्मपित गरे । सन् १९९५ मा भारतको मदरासमा भएको ७ औँ दक्षिण एशियाली भलिबल प्रतियोगितामा पहिलो अन्तराष्ट्रिय डेब्यु गरेका उनले अबिच्छिन् १६ बर्ष राष्ट्रिय टिमको कप्तानी गरे ।

शाहले नेपालमा राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा लामो समय भलिबल खेल्ने रेर्कड बनाएका छन् । भलिबलमा उनको अघि र पछि खेल्न यति लामो समय कसैले खेलका छैनन् । अन्तराष्ट्रिय मञ्चमा बिरलै मात्र राष्टको नेृतत्व गर्ने अवसर समेत भलिबलमा शाहले मात्रै पाएका छन् । बंगलादेशमा भएको दक्षिण एशियाली खेलमा शाहले देशकै नेतृत्व गरेका थिए ।

निता शाह, पूर्व कप्तान महेन्द्र पुलिस क्लब ।

अछाम हुदैँ सुदूरपश्चिमको समेत महिला भलिबलको नेतृत्व सम्हालेकी नितालाई २०५७ देखि २०७२ सम्म पुलिस क्लबको टिम क्याप्टेन हुने अवसर मिल्यो । त्यसपछिका देश भित्र भएका प्राय सबै राष्ट्रिय प्रतियोगिता खेलेकी निताले सन् २००६ मा भएको १० औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा पहिलो अन्तराष्टिय डेब्यु गरिन् ।

त्यसयता एशियन बिच भलिबल खेलमा समेत सहभागी भएकी शाहसंग भलिबलमा हुने लेबल १ र २ तालिम कोर्स पुरा गरेकी निताले प्रशिक्षक र राष्टिय रेफ्रि भएर काम गरको समेत अनुभव छ ।

मोती भाट, अन्तराष्टिय महिला भलिबल खेलाडी ।

अछाम जिल्लाको मंगलसैन नगरपालिका वडा नं। ५ भाटबाडामा जन्मेकी मोतीभाटले षोडशा माबीबाट भलिबल यात्रा सुरु गरिन् । जिलला हुदैँ तत्कालिन क्षेत्र र राष्टिय प्रतियोगितामा सहभागी भएकी भाटले सन् २००६ मा भएको १० औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा निता शाह संगै अन्तराष्टिय डेब्यु गरिन् । महेन्द्र पुलिस क्लबमा समेत आबद्ध भएकी भाटले बिभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी उनले अन्तराष्ट्रिय बिच भलिबल खेल खेलेको समेत अनुभब छ ।

डेब्युमै दुर्लभ किर्तिमानीको रेकड बनाएका क्रिकेटर यज्ञमान कुमाल

अछामको साँफेबगर नगरपालिका वडा नं। ७ रिडिकोटमा जन्मिएका यज्ञमान कुमाल नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय क्रिकेट खेल्ने जिल्लाको पहिलो खेलाडी हुन् । यज्ञमानले मलेसियामा पहिलो पटक कुवेत संग अन्तराष्ट्रिय डेब्यु गरेका थिए ।

एसिसि यू १९ एलिट कपमा कुमालले डेब्युमै दुर्लभ किर्तिमानीको रेकर्ड बनाएका थिए । यस्तो सुरुवात नेपाली खेलाडीले अहिलेसम्म न कसैले गरेका थिए, न कसैले कल्पना समेत गर्नेछन् । उनले कुवेत संग कुनै रन नखर्ची पहिलो ३ विकेट लिएका थिए । सिनियर टिमको एशिया कपमा समेत यज्ञमानले सहभागीता जनाएका यज्ञमानले एपिएफबाट तत्कालिन पुर्वाञ्चल संग एउटै खेलमा ७ विकेट लिएको रेकड बनाएको समेत ईतिहास छ ।

राजु रिजाल, यू १९ नेपाली क्रिकेट टिमको कप्तानी गर्ने क्रिकेटर ।

अछाम जिल्लाबाट खेल्दै राष्टिय टिमको नेतृत्व गर्ने अर्का खेलाडी हुन् क्रिकेटर राजु रिजाल । रिजालले यू १९ नेपाली टिमको क्याप्टेन भएर सन् २०१६ मा बिश्व कप खेले । क्वाटर फाईलन सम्म पुगेको नेपालका तर्फबाट उनि उक्त सिरिजको म्यान अफ द म्याच समेत घोषित भए ।

अछामबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय क्रिकेट खेल्ने उनी दोश्रो अछामी खेलाडी हुन् । तर अछामबाट सुदूरपश्चिम हुदैँ नेपाली टिमकै कप्तानी गर्ने क्रिकेटर भने उनि मात्रै हुन् । यु १९ क्रिकेट टिमबाट नेपाल आर्मीको क्याम्पमा छनोट भएका राजुले भुवन कार्कीको क्याप्टेनसिपमा सन् २०१३ मा दुबईमा यू १९ आईसिसी एशिया कपमा पहिलो अन्तराष्ट्रिय डेब्यु गरे ।