मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेल क्षेत्रमै जीवन सर्मपित गरेकी २ अछामी चेली

खेल क्षेत्रमै जीवन सर्मपित गरेकी २ अछामी चेली


अछाम : २०५२ सालबाट स्कुल जीवनबाट भलिबल खेल सुरु गरेकी अछामी चेली हुन सुनिता शाह । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १ कालिमाटीमा जन्मेकी सुनिता गाँउघरमा दाई भाई संगै भलिबल खेल्दा खेल्दै भलिबल यात्रामा अघि बढिन् । उनले त्यसपछि २०५३ सालमै पहिलो पटक जिल्लाबाट छनोट भएर धनगढी भएको क्षेत्रिय भलिबल प्रतियोगितामा सहभागी भईन् । एसएलसी पास गरिसकेपछि उनले राष्ट्रिय खेलमा सहभागीता जनाईन् ।

चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी सुनिता साफ च्याम्पियन्सिपका लागि छनोटमा परे पनि अन्तिममा उनले सहभागी हुने अवसर पाईनन् । त्यसपछि पनि उनले खेल यात्रालाई पढाई संगसंगै अघि बढाईन् । काठमाण्डौँमा उच्च शिक्षा अध्ययनरत हुदाँ पढाई खर्च तिर्न नसकेपछि उनले पढाईसंगै जागिर गर्न सुरु गरिन् ।

तर पनि उनले खेल्न भने छोडनिन्, आफ्नो जीवनलाई खेलमै सर्मपित गरिन् । पढाई, जागरि र खेललाई उनले संगसंगै अघि बढाईन् । उनी १८ बर्ष देखि पब्लिक स्कुलमा काम गर्छन् । उनले पढाउने स्कुलमा समेत स्कुलको टिमलाई जिनियर राष्ट्रिय खेलमा सहभागी गराईरहेकी छन् । ५ भन्दा बढी राष्ट्रिय खेल खेलिसकेकी सुनिता अहिले प्रशिक्षक र रेफ्रिको काम गर्छन् ।
अछामका प्राय सबै खेलाडीले खेल जीवन सामान्य रुपमै सुरु भएको छ । यहि सेरोफेरोमा जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १ कालिमाटीकी चाँदनी शाहको भलिबल खेलको यात्रा पनि मोजाको बलबाटै सुरु भयो ।

तत्कालिन गाविस स्तरिय खेलमा छनोट हुदैँ ७ कक्षामा पढ्ने बेला नै चाँदनी जिल्लास्तिरिय खेलमा सहभागी भईन् । उनले पहिलो खेलमै सान्तवना पुरुस्कार समेत प्राप्त गरिन् । गाँउघरमा दाजुभाईको खेल हेरेर नै उनलाई खेल प्रति आकर्षित गर्यो र उनले खेल्न सुरु गरिन् ।

त्यसपछि २०६१ सालमा एसएलसी दिईसकेपछि मात्रै उनको औपचारिक रुपमा भलिबलको खेल यात्रा सुरु भयो । तत्कालिन अछामको भलिबल खेलका प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समिती अछामका प्रमुख मिन बहादुर बुढथापाले उनलाई भलिबल खेल्ने अवसर दिए । जिल्लामा राम्रो प्रर्दशन गरेपछि चाँदनीलाई राष्टपनि रनिंग सिल्ड मार्फत जिल्ला हुदैँ तत्कालिन क्षेत्रिय खेलमा सहभागी हुने अवसर मिल्यो । उनले अछामबाट महेन्द्रनगरमा भएको क्षेत्रिय भलिबलमा समेत राम्रो पर्दशन गरिन् र ९ जिल्लामा अछामले प्रथम स्थान हासिल गर्यो ।

प्रथम स्थान हासिल गरेपछि अछामबाटै ६ जनाले ५ औँ राष्ट्रिय भलिबल प्रतियोगिता खेल्ने अवसर प्राप्त गरे र सुदूरपश्चिमले कास्य पदक प्राप्त गर्यो । त्यसबेला ३ जना मात्रै अन्य जिल्लाबाट सहभागी भएका थिए । त्यसपछि चाँदनीले बिभिन्न क्षेत्रिय तथा राष्ट्रिय खेल खेल्ने अवसर प्राप्त गरिन् । भलिबलमा राम्रो प्रर्दशन गर्दा गर्दै उनलाई छैटौँ राष्ट्रिय खेल खेल्नबाट भने बञ्चित गराईयो । टिममा पर्दा पनि अन्तिममा नाम काटिएपछि उनी निरुत्साहित भईन् । त्यसपछि उनको भलिबलको खेलमा पूर्ण बिराम लाग्यो ।

भलिबल खेलमा पूर्ण बिराम लागेपनि उनको खेल जीवनमा भने पूर्ण बिराम लाग्न सकेको छैन् उनले भलिबल छाडेर क्रिकेट खोल्ने अठोट गरिन् र अछामको प्रतिनिधित्व गर्दै सुदूरपश्चिमबाट २०७१ मा भएको सातौँ राष्ट्रिय खेलकुदमा क्रिकेट खेल्न सफल भईन् । त्यसपछि उनले बिभिन्न समयमा क्षेत्रिय र राष्ट्रिय तथा प्रधानमन्त्री प्रतियोगितामा खेलेको अनुभव छ ।

८ औँ राष्ट्रिय खेलकुदमा भने स्वास्थ्यका कारण उनको खेल रोकियो । ९ औँ राष्ट्रिय खेलकुदमा भने उनी सुदूपश्चिमबाट खेल्ने तयारीमा छन् । उनि भन्छन् अब उमेर पनि पुग्यो स्वास्थ्यले पनि त्यति साथ दिएको छैन आउने दिनमा खेल भन्दा प्रशिक्षक रेफ्रिका रुपमा काम गर्ने उनको चाहाना छ ।

चाँदनी संगै पहिलो पटक राष्ट्रिय खेल प्रतियोगितामा सहभागी भएकी अर्की अछामी चेली हुन् लक्ष्मी ढुंगाना । मंगलसैन नगरपालिका वडा नं. ५ मा जन्मेकी लक्ष्मीको पनि खेल जीवन चाँदनीकै जस्तै हो । सानैमा स्कुले जीवनबाट सुरु भएको उनको भलिबल यात्रा २०६१ सालमा अछामबाट महेन्द्रनगरमा भएको क्षेत्रिय भलिबल प्रतियोगितामा प्रथम हुदैँ ५ औँ राष्ट्रिय प्रतियोगिता सम्म पुग्यो । तर स्वास्थ्य समास्याका कारण उनले खेल जीवनलाई बिट मारिन् । उनको खेलमा मात्रै पूर्ण बिराम लागेन् स्वास्थ्यका कारण ५ बर्ष पढाई समेत रोकिन् पुग्यो ।

चाँदनी र लक्ष्मी संगै ५ औँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने अछामी चेलीमा नन्दा बोहरा र स्व. खेमा बोगटी पनि हुन् । स्कुले जीवन देखि नै भलिबल खेल्दै आएकी मंगलसैन ८ की नन्दा बोहरा र मंगलसैन ३ की खेमा बोगटीले पनि जिल्लामा राम्रो भलिबल खेलेपछि अछामको टिमबाट क्षेत्रिय हुदैँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर मिल्यो । तर उनिहरुको खेल यात्रा भने त्यसपछि अघि बढ्न सकेन् ।