मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै


काठमाण्डाै – चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।

आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो ।

नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने भएको हो ।